दमौली पुस २० गते ।
तनहूँका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद घिमिरेले आज तनहूँका पत्रकारमाथि मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेका छन् । समाचार संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय पुगेका सेतीमादि दैनिक सम्पादक डम्बर अधिकारीलाई सहायक प्र.जि.अ. घिमिरेले दुव्र्यबहार गरेका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख डा.सुशीलनाथ प्याकुरेललाई भेट्नका लागि डाक्टरको सरकारी निवासमा गएका पत्रकार अधिकारीलाई सहायक प्रजिअ घिमिरेले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।
सो घटनापछि तनहूँका पत्रकारहरुले सहायक प्रजिअ घिमिरेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेललाई भेट गरी घटना बारे जानकारी गराएका छन् ।