काठमाडौ पुस ३० गते ।
विश्वकै महाशक्ति राष्ट्र तथा नेपालको उत्तरी छिमेकी मुलुक चिनका प्रधानमन्त्री बेन जिवावाओको केही घण्टाका लागी हुन लागेको नेपाल भ्रमणको तयारी काठमाण्डौमा व्यापक रुपमा भईरहेको छ ।
झण्डै एक दशकपछि हुन लागेको यति उच्च चिनिय अधिकारीको भ्रमणलाई सवै दृष्टिकोणबाट निकै महत्वका साथ हेरिएको छ । १३ जना मन्त्रीहरु सहित विहान ११ बजे त्रिभुवन अन्तरािष्टय विमानस्थलमा उत्रिएर चिनिया प्रधानमन्त्रीले नेपालमा रहदा पाँच घण्टामा केही संझौतामा हस्ताक्षर गर्नुका साथै उच्च राजनितिक भेटवार्ता पनि गर्नु हुने कार्यक्रम रहेको छ।
तिव्वतियनहरुले चिन विरोधी गतिविधि गर्न सक्ने डरले अहिले सम्म गोप्य नै
राखिएको उहाको भ्रमण तालिका पनि सावर्जजनिक गरिएको छैन । श्रोतहरुका अनुसार विमानस्थलबाट सिधै प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा पुगेर चिनिया प्रधानमन्त्री बेनले प्रधानमन्त्री भट्टराईसग छलफल गरेर आपसी सहयोग आदान प्रदानका विभिन्न विषयमा हस्ताक्षर गर्नु हुने छ।
त्यसको लगत्तै उहाले प्रमुख राजनितिक पार्टीका शिर्ष नेता, पुर्वप्रधानमन्त्री तथा
उच्च राजनितिज्ञहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसको लगत्तै प्रधानमन्त्री बेनले राष्टपति डा रामवरण यादवलाई भेटेर दुई
पक्षिय हितका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय
श्रोतले जनाएको छ।