कमल बिष्ट
माघ ९ लिस्बोन । माघे सक्रान्तिको अवसर पारेर नेपाल मगर समाज पोर्तुगलले लोक गायिका मुना थापा मगर को एकल संस्कृतिक साँझ सम्पन्न गरेको छ । लिस्बोनको ग्रसा स्थित एस्कोला नुनो गोंकाल्वे अवेनिदा हलमा संचालित सांगीतिक कार्यक्रममा लोकदोहोरी गायिका मुना थापाले आफ्ना लोकप्रिय गीत मार्फत दर्सकलाई धित नमरुन्जेल नचाईन । मुखै तितो बनायो,तिते करेलिले ,मलाई लट्ठ बनायो झिम झिम परेलिले चिसो चिसो हावा सरर रुमाल फरर....,नजिक आइदेउन....,मैले मन परयाको छुं......,सम्झना मनैमा,कहाँ गयौ न्याउली चरी...जस्ता कयौ लोकप्रिय लोकभाकामा आफ्नो समुधुर स्वोर भरिसक्नुभयकी गायिका थापा कार्यक्रमको स्टेज मा आउनेबित्तिकै दर्शक दीर्घा बाट गड्गडाहट तालीले स्वागत गरिएको थियो । ,आफ्नो पछिल्लो एल्बम छोरी भाग २ को मार्मिक गीत पस्किदै चिसो चिसो हावा सरर ..तिते करेलिले जस्ता आफ्ना लोकप्रिय गीतमा दर्सकलाई भरपुर सांगीतिक आनन्द प्रदान गरेकी थिइन । विश्व मगर समाज बेल्जियमको निमन्त्रणामा बेल्जियम हुदै पोर्तुगल आइपुगेकी गायिका थापा कार्यक्रमको मुख्य आकर्षण रहेकी थिन कार्यक्रममा दोहोरि गायिका एकल भए पनि पोर्तुगलका नेपाली स्थानीय कलाकार इश्वरी कंडेल र प्रकाश सुबेदीले गायिका थापालाई तिते करेलिले र मायाको घर वल्लो हो कि पल्लो जस्ता भाकामा साथ दिएर दर्शकलाई छम छमी नचाएका थिए ।, संजय लामाको सुन्दर नृत्य निर्देशनमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिले दर्शकलाई निक्कै नै मनोरंजन प्रदान गराएको थियो । दुइ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा संस्कृतिक कार्यक्रम गरिएको थियो । भुतपुर्ब त्रिभुवन विश्वबिधालय पोखराका उपकुलपति डा केशर जंग बुढा मगरको प्रमुख आतिथ्यमा पहिलो चरणको कार्यक्रम सम्पन्न भयको थियो । औपचारिक कार्यक्रममा बेल्जियम मगर समाजका प्रतिनिधि कुल बहादुर मगर ,नेपाल मगर बिधार्थी संघका आध्यक्ष माधब दर्नाली त्यसै गरि गैर आवासीय नेपाली संघ पोर्तुगलका आइसिसि सदस्य पूर्ण हमालले कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए भने लाल बहादुर पुनले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु माझ स्वागत मन्तब्य ,प्रस्तुत गरेका थिए ।साहारा संसार बाट