काठमान्डौ पुस १९ गते ।
संविधानसभा अन्तर्गतको संबैधानिक समितिको बैठक आज बस्दैछ । उपसमितिले सहमति गरेको विवादित बुँदा र बाँकी विवादका बुँदाको बारेमा छलफल गर्न संबैधानिक समितिको बैठक बस्न लागेको हो । दिउँसो ३ बजेपछि समितिको सचिवालय सिहदरवारमा बस्ने बैठकमा बिहान बस्ने उपसमितिले कुनै निर्णय गरे अनुमोदन गर्ने र सहमति जुटाउन नसकेको अवस्थामा संबैधानिक समितिले नै छलफल गरेर सहमतिको प्रयास गर्नेछ ।
नेपाली काङ्ग्रेसले कार्यकारी प्रमुख व्यवस्थापिका संसदबाट निर्वाचित गर्ने व्यवस्था गर्नुपर्नेमा अडान लिएपछि संविधान निर्माणको कार्यतालिका प्रभावित हुने संभावना बढ्दै गएको छ ।