Responsive Ad Slot

latest

नेपाल बाट भर्खरै प्राप्त १० समाचारहरु एउटै थलोमा i

Saturday, January 7

/ by Admin BHOLA THAPA
संवैधानिक समितिको बैठक
काठमाडौ पुस २३ गते ।
विवाद समाधान उपसमितिले सहमति जुटाएका बिभिन्न विादीत बिषयहरुलाई छलफल गर्दै अनुमोदन गर्नका लागि संबैधानिक समितिको बैठक केहीबेरमा बस्दैछ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा बस्ने बैठकमा उपसमितिले सहमती जुटाएको बिषय छलफल गरि अनुमोदन गर्ने बताइएको छ ।
उपसमितिले सहमति जुटाएका बिषयहरुमा छलफल गर्दै अनुमोदनको क्रम जारी रहने समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । गत पुष १ गते सुरु भएको ती बिषयहरु अनुमोदन प्रक्रिया दलहरुको विवादका कारण स्थगित भएको थियो । संबिधान निर्माण कार्यतालिका संसोधन गर्दै दलहरुले अगामी माघ १५ गतेभित्र सम्पूर्ण विवादित बिषयमा सहमती खोज्ने कार्यतालिका तय गरेपनि अन्य कार्यतालिका भने यथतावत राखेका छन् ।

मधेसी मोर्चाको बैठक आज
काठमाडौ पुस २३ गते ।
सरकारमा बस्ने या नबस्ने बारे निर्णय गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आजपनि बस्दै छ । सिंहदरबारमा दिउसो १ बजे बस्ने बैठकमा ४ बुदे सहमति कार्यान्वयनका विषयमा छलफलहुने छ । मोर्चामा आवद्ध नेताहरुले ४ बुदे सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरीन सक्ने संकेत गरेका छन । सरकार गठनकाबेला माओबादी र मधेसी मोर्चाबीच १० हजार मधेसी युवाहरुलाई सेनामा सामुहिक प्रबेश गराउने सहित ४ बुदे सहमति भएको थियो ।
मोर्चाकै एउटा घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छेदार गृह र रक्षा मन्त्रीहुदा समेत मधेसी युवालाई सेनामा सामूहिक प्रबेश गराउने निर्णय कार्यान्वय गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
उनीहरुले तत्काल सरकारबाट बाहिरीन मोर्चाका नेताहरुलाई दवाब दिन थालेका छन ।
तर सद्भावनापार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारबाट बाहिरिहाल्ने अबस्था अझै आइनसकेको नेपालवाणीनेटवर्कलाई जानकारी दिनुभयो । उहाँले मोर्चाको बैठकमा शान्ति र संविधानका साथै चारबुदे सहमति कार्यान्वयनका विषयमा छलफलहुने बताउनुभयो ।



निर्वाचन प्रणालीका बारेमा माओबादीले आफ्नो स्वर्थ अनुसार द्धैधचरित्र देखाएको काँग्रेसका मुख्य सचेतकको आरोप,
काठमाडौ पुस २३ गते ।

नेपाली काँग्रेसका मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरेले निर्वाचन प्रणालीका बारेमा माओबादीले आफ्नो स्वर्थ अनुसार द्धैधचरित्र देखाएको बताउनु भएको छ।
आज बिहान राजधानिमा संचारकर्मीहरु संग कुरा गर्दै काँग्रेस नेता घिमिरेले माओबादीले एकातिर समानुपातिकको कुरा गर्ने अनि अर्कोतिर प्रत्यक्ष निर्वाचनको कुरा गरेर आफ्नो अनुकुलताका लागी झुटको खेती गरेको आरोप लगाउनु भयो ।

माओबादीले एक दलिय तानाशाही शासनका लागी दाउ खेलीरहेको भन्दै उहाले प्रत्यक्ष निर्वाचित राष्टपतिय प्रणालीबाट अर्को तानाशाह जन्माउन काँग्रेस तयार नहुने स्पष्ट पार्नु भयो ।
नेता घिमिरेले विश्वका धेरै मुलुकमा राष्टिपतिय शासन प्रणाली अफाप भएको दावी गर्दै अमेरिकासंग नेपाललाई तुलना गर्न नमिल्ने तर्क गर्नु भयो ।
माओबादीले पहिला कहिल्यै नउठाएको शर्त अहिले अगाडी सारेर शान्ति प्रक्रिाय अवरुद्ध गरेको भन्दै उहाले त्यस्तो शर्त संसदमा राख्न चुनौति दिनु भयो ।
शान्ति प्रक्रिया अगाडी नबढे सम्म संविधान निर्माण प्रक्रिया अगाडी बढ्न नसक्ने उहाको भनाई थियो ।



आगोलागिबाट १५ करोडको क्षति
सुनसरी पुस २३ गते ।

सुनसरीको दुहबीस्थित धनलक्ष्मी सेन्थेटिक उद्योगमा भएको आगलागीबाट १५करोड रुपैया बराबरको क्षती भएको छ ।
आगलागीले धागो उत्पादन गर्ने तीनवटा मेसिन पुर्ण रुपमा जलेका छन ।
अरु चारवटामा क्षती पुगेको उद्योगका प्रवन्धक महेश पोख्रेलले जानकारी दिनुभयो । आगलागीमा करौडौँ रुपैया बराबरको कच्चा पदार्थ पनि जलेको छ । हिजो साँझ साढे पाँचबजेदेखी शुरु भएको आगलागी २ घण्टा पछि धरान,ईटहरी र बिराटनगरका दमकलले निभाएका थिए ।


हात्तीपाइलेको रोगको औषधि आजपनि खुवाइने
काठमाडौ पुस २३ गते ।
सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निर्मूल गर्ने उद्देश्यका साथ हरेक वर्ष खुवाइने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउनकाम आजपनि जारीरहने छ ।
प्रथम चरणमा हिजो देखी भोली सम्ममा राजधानी उपत्यकाका तीन जिल्ला सहित ३२ जिल्लामा खुवाउन सुरु गरीएको छ ।
त्यसैगरी दोस्रो चरणमा आगामी माघ २१ देखि २३ गतेसम्म १४ जिल्लामा खुवाइने छ । औषधी खुवाउनकालागि ११ हजार स्वास्थ्यकर्मी र ९० हजार ५५ जनस्वास्थ्य स्वय्मसेवक परिचालन गरिएको छ ।
यस वर्ष देशभरि ४६ जिल्लाका एक करोड ८९ लाख ७२ हजारलाई दुई चरणमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने लक्ष्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा जिडि ठाकुरले जानकारी दिनुभयो ।
नेपालमा सन् २००३ देखि हरेक वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गरिँदै आइएको छ ।

सिन्डिकेट प्रथा हटाउन माग
नेपालगञ्ज पुस २३ गते ।

संयुक्त विद्यार्थी सघर्ष समिति जाजरकोटले छिन्चु जाजरकोट सडक खण्डमा यातायात व्यवसायीले लागु गरेको सिन्डिकेट प्रथा हटाउन माग गरेको छ ।
नेविसंघ,अनेरास्ववियू र क्रान्तीकारी बिद्यार्थि सम्मिलित संयुक्त संघर्ष समितिले तत्काल सिन्डिकेट हटाउन माग गरेको हो ।
बारम्बार सिन्डिकेट हटाउन अनुरोध गरे पनि राप्ती भेरी र भेरी गंगा यातायात बस ब्यबसायी समितिले सिन्डिकेट हटाउन वास्ता नगरेको संघर्ष समितिले आरोप लगाएको छ ।
सिन्डिकेटका कारण जाजरकोटदेखि नेपागन्ज, सुर्खेत र काठमाण्डौं जाने यात्रुहरुले बिभिन्न स्थानमा गाडी परिवर्तन गरेर जानु पर्ने बाध्यता रहेको छ ।
जिल्लाबाट बाहिर जाने आउने यात्रुहरुको मर्कालाई बुझेर सिन्डिकेट हटाउन पहल गरेको नेबिसंघका रबिन्द्र शाहले बताउनुभयो ।

कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित
भद्रपुर, पुस २३ गते ।
झापाको सतासीधामस्थित जनताको तटबन्ध कार्यालयमा तीन महिनादेखि कार्यालय प्रमुख नहुँदा कार्यालयका कामकाज प्रभावित भएको छ ।
कार्यालयका प्रमुख सूर्यदेव थापाको गत भदौ २ गते सरुवा भएपछि तीन महिनाका लागि मेखनाथ शर्मालाई काजमा पठाइएको थियो ।
शर्माकोे काज अवधि सकिएपछि नयाँ कार्यालय प्रमुखका रुपमा सिँचाइ मन्त्रालयले कसैलाई नपठाएकाले कामकाज प्रभावित हुनाका साथै कर्मचारीलाई तलब पाउनमा पनि समस्या भएको छ ।
झापाको कन्काइ र रतुवा तथा मोरङ जिल्लाको मावा नदी नियन्त्रणका लागि काम गर्दै आइरहेको सो कार्यालयमा प्रमुख नहुँदा सर्भे भएका योजनाको टेन्डर हुन नसकेकाले नदी नियन्त्रणको काममा ढिलाइ हुने देखिएको छ ।

महोत्तरीको गौशाला बन्द
महोत्तरी, पुस २३ गते ।

महोत्तरीको प्रमुुख व्यपारी केन्द्र गौशाला बजारलाई नगरपालिका बनाईनु पर्ने माग गर्दै आज पनि गौशाला बजार बन्द गरिएको छ । अद्योग वाणिज्य संघ गौशालाको अगुवाइमा चरणबद्ध आन्दोलनममा उत्रिएका गौशालाका नागरिक समाज, राजनीति दल र व्यपारीले गौशालामा हिजो देखी बन्द आह्वान गरेका हुन् । बन्दकर्ताले पसलहरु बन्द गराएका छन् । आफुहरुको मागलाई वेवास्ता गरिए अरु संघर्षका कार्यक्रम पनि ल्याईने उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले जानकारी दिनुभयो ।

भौतिक संरचनाको अभावमा पठन पाठनको समस्या
अछाम पुस २३ गते ।

विद्यालयमा कक्षा कोठा र बस्ने बेञ्च नहुँदा भगवती प्रावि रुडी बाजुराका विद्यार्थीहरु भुईमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । साप्पाटा गाविस वडा नम्बर ३ रुडीमा रहेको उक्त प्राविमा अध्ययनरत विद्यार्थीहरु ढुङ्गा र काठको फल्याग माथि बसेर अध्ययन गर्न बाध्य भएको विद्यालयले जनाएको छ । अत्याधिक चिसो मौसममा पनि विद्यालयमा अध्ययनरत २ सय १२ जना विद्यार्थी धुलो र माटोमा बसेर पढ्न बाध्य भएको स्थानिय अनिल शाहीले बताउनु भएको छ । २०५२ सालमा स्थापना भएको विद्यालयको भौतिक विकासका लागि कतैबाट पनि सहयोग नभएका कारण यस्तो समस्या भएको स्थानियको भनाई छ । चिसोमा पनि भुईमा बसेर अध्ययन गर्नु पर्ने समस्याका कारण अधिकांश विद्यालय आउन छोडेकोे विद्यालयका प्रअ नेत्र वमले जानकारी दिनुभएको छ ।

मेगा फोटो प्रदर्शनी आजा पनि जारी
नेपालगन्ज, काठमाडौ पुस २३ गते ।

बाँकेको नेपालगञ्जमा जारी फोटो प्रर्दशनी आज सकिदै छ ।
फोटो पत्रकार क्लब, काठमाडौँंको आयोजनामा हिजो देखी सुरु भएको प्रदर्शनीमा करिब पाँच हजार फोटोबाट छानिएका १५० उत्कृष्ट फोटो राखिएका छन् ।
पर्यटन, दैनिक जीवन, मानवीय संवेदना, राजनीतिक घटनाक्रम, वन्य जीवन तथा सामाजिक विषयवस्तुका तस्वीरहरूलाई प्रदर्शनीमा समेटिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI