Responsive Ad Slot

latest

गाउँ गाउँमा सक्रियता वढाउँदै डिएसपी I

Sunday, January 22

/ by Admin BHOLA THAPA

गोरखा माघ ८ गते ।
जिल्लामा केही साता पहिले प्रहरी प्रमुख भएर वसन्त कुँवर गोरखा आएपछि गोरखा सदरमुकामको सुरक्षा अवस्थामा सुद्रिढ वनेको छ भने गोरखाको ग्रामीण भेगमा पनि प्रहरीको सक्रियता वढेको छ । प्रहरी प्रमुख कँुवरले सदरमुकाममा घरेलु मदिरा वेच्नमा निषेध, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन प्रतिवन्ध, विना कागजपत्र र सवारी चालक प्रमाणपत्र विना सवारी चलाउन निषेध, जुवातास खेल्न निषेध गरेपछि गोरखा सदरमुकामको शान्ति सुरक्षामा सुधार आएको हो । प्रहरी प्रमुख कँुवर यतिखेर गोरखा सदरमुकाम वाहिरका विभिन्न ग्रामीण क्षेत्रका वजार तथा व्यापारीक केन्द्रहरुमा पुगी सुरक्षा अवस्थाको विषयमा जानाकारी लिंदै त्यहाँ आफु माताहत रहृेका कर्मचार्ीहरुलाई शान्ति सुरक्षालाई कायम राख्न निर्देशन दिएका छन ।


कँुवर आज गोरखा क्षेत्र नं २ को प्रमुख व्यापारीक केन्द्रहरु पालुङटारको ठाँटीपोखरी, हर्मी, भच्चेक वजार र जौवारी पुगी त्यहाँको सुरक्षा अवस्थाको विषयमा जानाकारी लिएका थिए । गोरखा सदरमुकाममा कडाई गर्न थालेपछि पश्चिमी गोरखाको पालुङटार, उत्तरी गोरखाको व्यापारीक केन्द्र आरुघाट लगायतका केन्द्रहरुका सुरक्षाको अवस्था सुद्रिढ भएको छ । यसै विच पालुङटारमा पनि जुवातास, मदिरा खाएर होहल्ला गर्ने कार्यमा कमी, तथा शान्ति सुरक्षाको प्रत्याभूति वढेको ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जनाउनुभयो । यस भेगमा प्रहरीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेको छ जसका कारण लागु औसत, घरेलु हिंसा आदि क्षेत्रमा कमी आएको ओलीले जनाएका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI