इजरायल जनवरी १५-यहुदीहरूको राष्ट्र तथा चारैतिरबाट अरवियन देशहरूले घेरिएको राष्ट्र इजरायलमा स्थापित हिन्दु सनातन धर्मावलम्बीहरूले श्रद्धासाथ मान्दै आएको सत्य सार्इ बाबाको आस्थालार्इ अगाडि बढाउने उद्देश्यले स्थापित सत्यसार्इ केन्द्र, तेलअभिवले आज पहिलो साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख रमेशप्रसाद खनाल ज्यूको प्रमुख आतिथ्य थियो भने साथमा उहाँको धर्मपत्नी समेत उक्त कार्यक्रममा उपस्थित रहेर भगवान सत्यसार्इबाबाको भजनकिर्तनमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि रमेशप्रसाद खनाल ज्यूबाट दीप प्रज्वलन गरेर शुरू गरिएको उक्त कार्यक्रममा नियमित गरिने भजनहरू गार्इएको थियो भने भजन पश्चात सत्यसार्इकेन्द्रकि अध्यक्ष नेहा गुरूङ्ले आफ्नो कार्यकालमा भएका गतिविधिहरू साथै केन्द्रमा भएको आयव्यायको विवरणसमेत सुनाउनुभएको थियो । कार्यक्रममा अध्यक्ष नेहा गुरूङ्ले निकट भविष्यमै इजरायलमा हिन्दु मन्दिर बनाउन पहल गरिसकिएको र यहाँहरूको सहयोग र साथको जरूरत रहेको समेत बताउनुभएको थियो ।
साधारण सभामा पुरानो कार्यसमितिका केहि सक्रिय साथीहरूलार्इ दोसल्ला लगाएर विदार्इ गर्दै नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा नेहा गुरूङ्, उपाध्यक्षमा सूर्य सिम्खडा, आध्यात्मिक संयोजकमा भोला पाण्डे, महिला संयोजकमा सीता सापकोटा, सेवा संयोजकमा भक्त घिमिरे, शिक्षा संयोजकमा राममाया थापा, युवा संयोजकमा मदन गुरूङ् र नवआगन्तुक संयोजकमा कल्पना न्यौपाने छानिनु भएको छ । प्रमुख अतिथि खनालज्यूबाट सम्पूर्ण पदाधिकारीहरूलार्इ खादा र अविर लगाएर बधार्इ तथा शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि खनाल ज्यूले यस सत्यसार्इ केन्द्रले गरेको कुनै पनि पहलहरूमा साथ दुतावासको तर्फबाट साथ दिने र हिन्दु मन्दिर बनाउने समेत सहयोग गर्ने कुरा बताउनु भयो ।
साधारणसभा सकिएपछि प्रमुख अतिथि खनाल दम्पत्तिद्वारा आरती गरिएको थियो । यस कार्यक्रममा विनोद (भारतीय नागरिक) को जन्मदिनको उपलक्ष्यमा प्रसाद तथा दिउँसोको खाना निशुल्क वितरण गरिएको थियो । सत्यसार्इ केन्द्र, तेलअभिवको प्रथम साधारण सभा नियमित पुजा अर्चना तथा भजन गरिने सार्इनयन गृहमा सम्पन्न भएको थियो । सत्यसार्इकेन्द्र द्वारा गरिएको उक्त कार्यक्रममा नविननेपाल डटकमको तर्फबाट मेडियाको रूपमा भिडियो तथा तस्वीरहरू खिचिएको थियो ।