Responsive Ad Slot

latest

चरणमाआगामी २२ र २३ गते हुने उद्योग वाणिज्य संघ गोरखाको ३८ औ साधरण सभा तथा १३ औ अधिवेसनको तयारी अन्तिम I

Wednesday, January 4

/ by Admin BHOLA THAPA
अनुप बाबु श्रेष्ठ
गोरखा पुस २० गते ।
आगामी २२ र २३ गते हुने उद्योग वाणिज्य संघ गोरखाको ३८ औ साधरण सभा तथा १३ औ अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेसन अन्र्तगत आज उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । अध्यक्षमा वर्तमान कार्यसमितीका प्रथम उपाध्यक्ष भगवत बावु जोशी र सदस्य प्रदिन बावु श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको छ । त्यसैगरी सदस्यमा २३ जनाले मनोनयन दर्ता गराएकाछन् ।

सदस्यमा मनोनयन दर्ता गर्नेहरुमा भगवान बावु मास्के, राजु बावु श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, काजिराम श्रेष्ठ, कुल बहादुर कुवँर, राजेन्द्र विश्वकर्मा, चन्दनबावु खत्री, शिवध्वज खत्री, राजेन्द्र कुमार श्रेष्ठ, संकर बहादुर भट्ट, गोविन्द बहादुर गुरुङ, अश्मक बावु श्रेष्ठ, केशव कट्टेल, दण्डपाणि कट्टेल, श्याम बावु श्रेष्ठ, विष्णु राना मगर, पविन बावु श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश चन्द्र श्रेष्ठ, गोकर्ण बहादुर थापा, नारायण खत्री र भाईचन्द्र श्रेष्ठ रहनुभएको छ ।

११ जनाको कार्यसमिती रहने संघमा महासचिव, सचिव र कोषाध्यक्ष निर्वाचित कार्यसमिती सदस्यबाट मनोनित गरिनेछ भने प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामवावु जोशीले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिक अनुसार भोली दिउसो २ बजेसम्म उम्मेदवारी फिर्तालिने समय तोकिएको छ । उद्योग वाणिज्य संघ परिसरमा हुने क्रार्यक्रमको उद्घाटन प्रधानमन्त्री डा.बावुराम भट्टराईले गर्नुहुनेछ ।

Don't Miss
© all rights reserved
made with by netKUTI