Responsive Ad Slot

latest

नेपाली जनप्रगतिशील मञ्चको दोश्रो महाधिवेसन सम्पत्र I

Monday, January 2

/ by Admin BHOLA THAPA




रमेश भट्टको अध्यक्षता ५१ सदस्यीय केन्द्रिय समिति गठन

तिलविक्रम थेवे

दोहा
“जनताको संघियता गणतन्त्र नेपाल हाम्रो चाहना–दिगो शान्ती र जनसंविधानका लागि प्रवासी नेपालीहरुको शुभकामना” भत्रे मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च कतारको भव्य एवं शानदार दोश्रो महाधिवेसन गत डिसम्बर ३०, २०११ मा दोहामा सम्पत्र गरेको छ । 

उद्घाटन समारोह समापन पश्चात् शुरु भएको बन्दसत्रमा मंचका निवर्तमान अध्यक्ष होमनाथ शर्माले ५१ जनाको केन्द्रिय कार्यसमिति तथा ५ सदस्यीय सल्लाहकार समितिको नामावली प्रस्तुत गरेका थिए । सो समितिलाई सर्वसम्मतले पारीत गरेको थियो । 

रमेश भट्ट अध्यक्ष रहेको नवगठित केन्द्रिय समितिमा तिलविक्रम थेवे (उपाध्यक्ष) मान बहादुर पुन (उपाध्यक्ष) श्रीकृष्ण भट्टराई (उपाध्यक्ष), विष्णु सापकोटा (महासचिव), बुद्धिराज परियार (सचिव), लक्ष्मण खनाल (सचिव), प्रकाश केसी (कोषाध्यक्ष) र बाबुराम गैरे (सहकोषाध्यक्ष) रहेकाछन् भने केन्द्रिय सदस्यहरु बलदेव राना, चिरन्जीवी भट्टराई, रोजिना बास्तोला, जीवन खतिवडा, विजय सुन्दास, लाल बहादुर भट्ट, लिलाहाङ्ग लावती, जिवछ महत्तो, नवराज सिंखडा, राजु डुम्रे, दुर्गा प्याकुरेल, दुर्गा भट्टराई, शिवराज भट्टराई, राजन रिजाल, टिकाराम भण्डारी, कृष्ण परियार, राजेश परियार, मदन सेवा, अभिषेक प्रजा, चित्रबहादुर परियार, सन्तोष कार्की डोली, गणेश परियार, झपेन्द्र परियार, गणेश भण्डारी, अशोक भुषाल, गोविन्द तामाङ्ग, अशोक विक, कान्छा बम्जन, दिलीप श्रेष्ठ, ध्रुव रानाभाट, जनक रावल, हरी तामाङ्ग, राम थुलुङ्ग, हरी मगर, विमल पंगनी, सोम बहादुर परियार, दिप कुमार नेपाली, राजेन्द्र महरा, फिरोज सिद्धिकी, प्रेम विक, सुनविर गाहा मगर र दामोदर शर्मा निर्वाचित भएकाछन् ।
मंचका निवर्तमान अध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा गठित पाँच सदस्यीय सल्लाहकार समितिमा अन्य सदस्यहरु रकमध्वोज राई, रामु बस्याल, किशोरसुवेदी र गणेश बाँनिया रहेकाछन् ।


यसअघि नेपाली जनप्रगतिशील मञ्चका संयोजक रकमध्वोज राईको सभापतित्वमा अतिथी आसन ग्रहण तथा ज्ञात अज्ञात शहिदहरुप्रति सम्मान गर्दै एकमिनेटको मौनधारणबाट अगाडी बढेको महाधिवेसन उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा एनेकपा माओवादी स्थायी समिति सदस्य अमिक शेरचन, विशेष अतिथी एनेकपा माओवादी अन्तराष्ट्रिय व्युरो विदेश राज्य समितिका सेक्रेटरी मनोज जंङ्ग थापा, विशेष अतिथी महामहिम राजदुत डा.सुर्यनाथ मिश्रद्धारा संयुक्त रुपमा जनसांस्कृतिक मंचका कलाकारहरुद्धारा प्रस्तुत पन्चैवाजाको धुनसं प्रतिनिधी, संघसस्था, पत्रकार, समाजसेवी तथा व्यवसायीहरुको उपस्थिती र तालीको गडवडाहटका साथ द्धिपप्रज्वलन र व्यानर अनावरण गरी महाधिवेसन उदघाटन गरियो ।
रामु वस्यालको स्वागत मन्तव्य र जनसांस्कृतिक मंचका कलाकारहरुको स्वागत गीतद्धारा प्रतिनिधी, पर्यवेक्षक तथा अतिथीहरुलाई न्यानो स्वागत गरिएको थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा एनेकपा माओवादी स्थायी समिति सदस्य अमिक शेरचनले देशमा रहेका नौजवान युवा देशै खाली हुने गरी देश छोडेर रोजगारीको सिलसिलामा देशबाहिर जानुपर्ने यो लाहुरे प्रथाको अन्त्यका लागी नौजवान युवाहरु एकैठाउमा गोलबन्द हुदै अन्याय विरुद्ध संघर्ष गर्न जहाँजसरी भएपनि संगठनमा आवद्ध हुन आव्हान गर्नुभयो । 

देशको वर्तमान अवस्थाको चर्चा गर्दै प्रमुख अतिथी शेरचनले “नेपाल जलस्रोतको धनी राष्ट्र भएरपनि खोलालाई झोलामा राखेर हिड्ने प्रवृतिले गर्दा यसको सदुपयोग र विकास हुन नसकेकोले हामी लोड सेडिङ्गको मारमा परिरहेकाछौं यस्तो प्रवृतिको अन्त्य गर्दै मुलुकमा आर्थिक, समाजिक, सांस्कृतिक रुपान्तरण हुनु आवश्यक छ र सोही किसिमले मुलुकमा दिगो शान्ती र जनताको संविधान बन्नुपर्दछ भन्ने राय व्यक्त गरेका थिए । 

“देशविदेशमा रहेका नेपालीहरुको रायसुझाव समेतलाई सम्मान गर्दै उनीहरुको हकहितको संविधानमा ग्यारेन्टी हुनुपर्दछ । ६० वर्षभन्दा माथिका नेपाली नागरिकहरुको खानबस्न पाउने अधिकार, सबै नेपालीहरुको गाँस, वास, शिक्षा रोजगारको ग्यारेन्टी भएको जनताको संविधान बन्नुपर्दछ । यति ठूलो संघर्षपछि पनि झारो टार्ने संविधानमात्र बन्यो भने जनताले राजनैतिक नेताहरुलाई धोकेबाज भन्नेछन्” प्रमुख अतिथि शेरचनको कथन थियो ।

संविधान नबन्ने कारण माओवादी होइन माओवादीले यथास्थिति किसिमकोे संविधान बनाउन नचाहेको हो तर यथास्थितिको संविधानमात्र चाहने यथास्थितिवादी केही राजनैतिक दलहरुको कारणले संविधान बन्नमा केही ढिलाई भईरहेको छ । यसमा सिआईए, तथा रअ लेपनि केही राजनैतिक दलहरुलाई खेलाउने काम गरिरहेको तर्फसमेत भेलालाई सचेत गराउदै साम्राज्यवादीहरुले समेत मुलुक संविधानविहिन मुलकको रुपमा रहिरहोस् भन्ने चाहेको वताए ।

आयोगबाट बन्ने संविधान जनताको संविधान हुन नसक्ने भएकोले सबैको सहभागितामा सबैको भावना र चाहना समेट्ने संविधान बनेर अव देश भडखालोमा जान हुदैन भन्ने प्रमुख अतिथीको राय थियो । प्रमुख अतिथीले कतारस्थित नेपाली राजदुतको कार्यको प्रशंसा गर्दै महामहिमको दोस्रो कार्यकालको लागि पहल गर्ने दृढता समेत सो अवसरमा व्यक्त गरेका थिए ।

कतारमा रहेका नेपाली कामदारहरुको हकहितको लागि र ठगी दलालीको विरुद्धमा निरन्तर लडाई लडदै उनीहरुको समस्या र दुःखमा समेत सहायता गर्न जनप्रगतिशील मंच पछि पर्न नहुने र नयाँ कार्यसमितिले जोड्दार र परिवर्तनकामी कार्य गर्ने अपेक्षा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै विशेष अतिथी महामहिम राजदुत डा.सुर्यनाथ मिश्रले नेपाली श्रमिक मजदुरहरुको पक्षमा उभिएर नेपाली कामदारहरुको हकहितको पक्षमा र ठगी दलालीको विरुद्धमा निरन्तर लडाई लडदै आइरहेको जनप्रगतिशील मंचको सो कदमको प्रशंसा गर्दै दुतावासले पनि पिडीत नेपाली कामदारहरुको उद्धारकार्यमा सहयोग गरिरहेका संघसस्था र संगठनहरुको सह्राना गरेको बताए । 

दुतावासले पिडीत नेपालीहरुलाई विभिन्न किसिमले सहयोग र उद्धार कार्य जारी राखेको बताउदै कतार सरकारले पनि नेपालीहरु नठगिउन्, दुःखमा नपरुन् भन्ने चाहेको बताउदै नेपालीलाई सुरक्षित र वैधानिक तरिकाले ल्याउनुपर्ने राय व्यक्त गरे । “एकजना नेपालीलाई पिडीत बनाउने र अलपत्र बनाउने काममा गाँउको एजेन्ट, कतारको एजेन्ट र काठमाडौंको मेनपावरको लापरवाही समेत गरी तीनजना सम्मको सहभागिता हुने भएकोले नराम्ररी ठगिइने काम भईरहेको छ । 

हारगुहारको लागि पिडीतहरु दुतावासमा आउने गरेको र दुतावासले उद्धारकार्य गरिरहेको छ यसको लागि नेपाल सरकारले पनि सहयोग गर्नुपर्छ र त्यस्ता पिडकहरुलाई कारवाही सरकारको तर्फबाट पनि हुनु पर्दछ” विशेष अतिथी राजदुत डा. मिश्रको भनाई थियो । दुतावासमा कर्मचारीको अभाव भएकोले २ जना दरबन्दीको सरकारले स्विकृति दिने अपेक्षा गर्दे नेपाली कामदारहरुको रोजीरोटी सरक्षित गर्न सबै नेपाली समुदाय लागिपर्न आव्हान गर्दै जनप्रगतिशील मंचले कतारमा नेपाली कामदारहरुको लागि अझै उदाहरणीय कामहरु गर्दै जाने अपेक्षा गरेका थिए ।

मंचका निवर्तमान अध्यक्ष होमनाथ शर्माले नेपाली कामदारहरुलाई पिडीत बनाउने ठगदलालहरुको विरुद्धमा शसक्त रुपमा लागि परेको जनप्रगतिशील मंचले नेपाली श्रमिक मजदुरहरुको हकहितको लागि आवाज उठाउन कहिल्यै पछि नपर्ने बताउदै नेपाली दुतावासले समेत राम्रो काम गर्दै आएकोले वर्तमान नेपाली राजदुतको कार्यकाल थपिनुपर्ने कुरामा जोड दिएका थिए । मंच संघसस्थाको विरोधी नभएर नेपाली श्रमिक मजदुरहरुलाई ठग्ने, पिडीत बनाउने र अलपत्र पार्ने कार्य गर्नेेहरुको विरोध गर्ने र यसमा मंच रमितामात्र हेरेर नबस्ने बताएका थिए ।
महाधिवेसन सफलताको शुभकामना पठाउने भाईचारा संगठन नेपाली जनप्रगतिशील मंच कुवेत, युएई, प्रगतिशील मजदुर मंच कुवेत, तथा एनआरएनए यूएई र साउदी अरवका शुभकामनापत्रहरु पढेर सुनाइएका थिए । लोकतान्त्रिक मंच कतारका अध्यक्ष रामहरी गैरे, नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष विमल सुवेदी, व्यवसायी ई. कोमल सिह, नेपाली आदिवासी जनजाती महासंघका महासचिव, विनेश तामाङ्ग लगायत विभिन्न संघसस्थाका प्रतिनिधीहरुले सम्मेलनको उदघाटनको शुभकामना दिदै आ–आफ्ना विचार व्यक्त थिए ।
सो अवसरमा देउसीभैलो कार्यक्रममा सहभागी कलाकारहरुलाई प्रमुख अतिथीद्धारा प्रशंसापत्र वितरण गरिएको थियो । उदघाटन कार्यक्रम श्रीकृष्ण भट्टराईले संचालन गरेका थिए ।


Don't Miss
© all rights reserved
made with by netKUTI