४० हजार भन्दा धेरै नेपाली कार्यरत ओमनमा गैरबासीय नेपाली संघ ओमनले दुताबास स्थापनाको लागि सरकारलाई दवाव दिन उसले मस्कटमा सरोकारवालाहरुसँग बृहत छलफल गरेको छ । दुताबास स्थापनाको अभियानमा ऐक्यबद्धता जनाउन आइपुगेका माओवादीका युवा नेता चन्द्रबहादुर थापाले ओमनमा दुताबासको निकै जरुरी रहेको बताए ।
उनले त्यसको लागि सम्बन्धीत ठाउँमा आफुले सक्दो पहल गर्ने बताए । कार्यक्रममा गैरबासीय नेपाली संघ अन्तरराष्ट्रिय परिषदका सचिव टिबी कार्कीले ओमानमा ४० हजार नेपाली भइसक्दा पनि दुताबास स्थापना नहुनुले निकै दुखद भएको बताए । नेपालको कानुन अनुसार हेर्ने हो भने दुताबास स्थापना हुन चाहिने नेपालीको सख्या नाघिसकेको छ । तर यो नाघिसक्दा पनि राज्यले चासो दिएको छैन, उनले भने ।
साउदीस्थित नेपाली दुतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले ओमानमा दुताबासको आबश्यक रहेको बताए । हाल ओमानलाई साउदीस्थित दुताबासले हेर्दै आएको छ । साउदीबाट यहाको नेपालीलाई कन्सुलर सेवा दिदै आएका छौं तर साउदी आफै ठुलो भएको र त्यहाको समस्या बिकरल रहेकोले ओमनलाई हेर्न छुट्टै नियोग जरुरी भएको उनले बाताये । एनआरएनएका खाडी संयोजक नरेन्द्र भाटले ओमनमा दुताबास स्थापना गर्न एनआरएनले आफ्नो अभियानको रुपमा लिएको बताए । 'दुतावास हुँदा त कामदारका सुरक्षाको बिषयमा अझै प्रभाबकारी हुन सकेको छैन, झन् नहुँदाको समस्या बर्णन गर्न साध्य छैन,' उनले भने ।'हामीलाई ओमानमा नेपाली झन्डाको उपस्थीति चाहेको छ,' एनआरएन ओमानका अध्यक्ष डिबी क्षेत्रीले भने, 'दुताबास स्थापना गर्न पटक पटक पहल गर्दै आएका छौं । तर सफल हुन सकेको छैन । एनआरएनएका केन्द्रीय सदस्य टिकाराम ढकालले ओमानमा दुताबास भए ओमन सरकारसँगको सम्बन्ध अझ प्रगाढ हुने र त्यसको फाइदा नेपालीले लिन पाउने बताए ।
कार्यक्रममा सगरमाथा समुहका अध्यक्ष सागर अधिकारी, नेपाली समाजका अध्यक्ष गोबिन्द गुरुड, एकता समाज ओमानका अध्यक्ष शोभकान्त लामिछाने, कार्यक्रम संयोजक सुरजकुमार मास्के, प्रबक्ता किशोर अर्याल लगायतकाले दुताबास स्थापना गर्न सबैको सहयोग रहनुपर्ने बताए । कार्यक्रममा लोक गायिका कोमल वलीले महोल तताएकी थिइन् भने ग्रीन ब्लड ब्रित्त चित्र प्रदर्शन भएको थियो ।