काठमान्डौ पुस १९ गते ।
संविधान निर्माण र शान्ति प्रक्रियाको बारेमा प्रमुख ३ दलहरुबीच आज पनि छलफल हुने भएको छ संविधान निर्माणमा देखिएको विवाद र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बारेमा दलहरुबीच आज पनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल हुने भएको हो ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई दिउँसो सम्ममा राजधानी फर्कने भएकाले अपराह्न्न प्रमुख दलको बैठक बस्ने तयारी भइरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । हिजो भएको दलहरुबीचको छलफलमा काङ्ग्रेसले शान्ति प्रक्रियाको काम पूरा नहुँदै संविधान निर्माणको काम मात्र अघि बढेकोभन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने अडान लिएको थियो भने एकीकृत माओवादीले शान्ति र संविधानको काम सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको थियो । शासकीय स्वरुप लगायतका बिषयमा पनि दलहरुले आआफ्नै अडान कायम राखेका कारण दलहरुको बैठक पनि निश्कर्षमा नपुगेर टुङ्गिने गरेका छन् ।