Responsive Ad Slot

latest

राजदुत सिफारिस १० व्यक्तिको सुनुवाई प्रारम्भ I

Friday, January 20

/ by Admin BHOLA THAPA

काठमाडौं, माघ ६ गते ।
सरकारले दश मुलुकका लागि राजदुत नियुक्ती गर्न सिफारिस गरेका १० व्यक्तिमाथि व्यवस्थापिका संसदको संसदिय सुनुवाई बिशेष समितिले आजबाट सुनुवाई प्रारम्भ गरेको छ ।
मन्त्री परिषद्ले सिफारिस गरेका नाममाथि प्रतिपक्षी दलहरुले विरोध गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले सुनुवाई समितिमा नाम पठाएपछि समितिले माघ १० गते सम्मको मिति राखी प्रस्तावित नाम उपयुक्त नभए प्रमाण सहित उजुरी दिन भनेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रका पाँच सहित १० जनाको नाम सिफारिस गरेको थियो ।
प्रस्तावित नामहरुमा न्युयोर्कको लागि स्थायी प्रतिनिधि रहनु भएका शंकरदास बैरागीलाई स्विटजरल्याण्ड, राममणी पोखरेल बेल्जीयम रविमोहन सापकोटा रुसी महाँसंघ, कमानसिंह लामा गणतन्त्र कोरिया, मायाकुमारी शर्मा कत्तार छन् ।
त्यसैगरि परराष्ट्र मन्त्रालयका सहसचिवहरुमा मक्तिनाथ भट्ट डेनमार्क, रुद्रकुमार नेपाल अष्टे«लिया, भरतराज पौड्याल पाकिस्तान, पारस घिमिरे म्यानमार र प्रल्हादकुमार प्रसाई इजरायल रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI