श्यामकुमार ग्लान
दोहा / कतार
नेपाली आधुनिक गीत तथा गजलहरु समेटिएको गिति एल्बम "सम्बन्ध" को बिमोचन यही शुक्रबार दोहाको गल्फ प्याराडाइस होटलमा भएको छ । नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित २८४८ औ सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथी कतारका लागी नेपाली राजदुत महामहिम डा. सुर्यनाथ मिश्रबाट यस एल्बमको बिमोचन गरिएको हो ।
कार्यक्रमका बिशेष अतिथी नेपाल प्रवासी आदीवासी जनजाति महासघं कतारका अध्यक्ष मानबहादुर सावा लिम्बु कार्यकमका सभापति तथा नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङ साथै समाजका प्रमुख सल्लाहकार सुक बहादुर तामाङको पनि उपस्थिती थियो । यस गिति एल्बमलाई लेजेन्ड म्यूजिकले बजारमा ल्याएको हो ।
यो भन्दा पहिले पनि जून, फूलको धारले, मन, र तामाङ भाषाको गिति एल्बम म्हेन्दो र्हाङनोन सर्जिगाइ (फूलजस्तै फुली रहोस्) जस्ता संगीतिक कोसेलीहरु पस्किसकेको लेजेण्ड म्यूजिकको यो पाचौ सांगीतिक कोशेली हो । दुईवटा गजल र छ वटा बेग्ला बेग्लै धारमा संगीतबद्द आधुनिक गीतहरु कतारमा रहेका श्रस्टाहरु सुर्य तामाङ, सुजन गोले तामाङ, श्यामकुमार ग्लान तामाङ, मलेसियामा रहेका अमर सरोबर अनी यू. ए. इ. मा कार्यरत विश्व श्रेष्ठ (बरु) अस्ट्रेलियामा बस्नुहुने छेडा लामा साथै मोफसलका श्रस्टाहरु पारखी माइला, आभाष सिन्धुलीयन सङ्गी र सरु सुनुवारले रचना गरेका हुन ।
प्राय जसो गीतमा प्रेम, बिरह, साथै बिशेष प्रवासका भोगाइहरुलाई समेटिएको भए पनि कुनै गीत बिशेष मनोरन्जन गर्ने श्रोताहरुलाई लक्षित गरी बनाइएको छ । यस एल्बममा सोनाम बज्यू तामाङको एकल संगीत छ भने अहिलेकी चर्चित गायिका तथा मोडेल इन्दिरा जोशी, रीमा गुरुङ र हेमन्त राना साथै संगीतकार आँफैले पनि स्वर दिएका छन ।
एल्बमको बारेमा बोल्दै लेजेण्डका प्रतिनिधि सुजन गोलेले बिक्रीबाट आएको रकमको केही अंश वृद्दा आश्रमलाई सहयोग गर्ने साथै निकट भबिश्यमै प्रवासमा छरिएर रहेका श्रस्टाहरुमाझँ कला साहित्य र संगीतको सुमधुर सम्बन्ध स्थापित गर्दै अन्य बिभिन्न सामाजिक सेवा गर्ने उदेश्य लिएर अगाडि बढेको बाताए ।