एजेन्सी, माघ ११ ।
अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रको नाममा संम्बोधन गर्दै लामो समयसम्म बलियो रहने अर्थ व्यवस्था आफुले चाहेको बताएका छन् ।उनले यस प्रयासको बिरोध गर्नेले पुरानै निति अबलम्बन गर्न खोजको बताए ।
संसदको दुबै सदनलाई सम्बोधन गर्दै ओबामाले ओसामा बिन लादेनमाथिको सफल कार्बाही, तथा अफागानिस्तान कार्बाही जारी रहेपनि आफ्नो पुरै ध्यान देशको आर्थव्यवस्थामा रहेको बताए । उनले आफु सत्तामा आउँदा मुलुकको अथव्यवस्था नाजुक रहेको भन्दै आँफुले अबलम्बन गरेको नयाँ रणनितिीले यसलाइृ माथि उकासेको दाबी गरे ।
राष्ट्रको नाममा ओबामाले गरेको सम्बोधन बिभिन्न अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका छन् ।