कठमान्डौ पुस २८ गते ।
माओवादीका केन्द्रीय सल्लाहकार परिषद्का सचिव भक्तबहादुर श्रेष्ठको आजै दाहसंस्कार गरिने भएको छ । बिहान साढे ११ बजेपछि पशुपति आर्यघाटमा श्रेष्ठको दाहसंस्कार गरिने माओवादीले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा राखिएको श्रेष्ठको शवमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष तथा प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका पदाधिकारी तथा अन्य नेताहरुले बिहान श्राद्वाञ्जली ब्यक्त गरेका थिए ।
हटौडामा रहेको आफ्नै घरको छतबाट ओर्लने क्रममा लडेर घाईते हुनभएका श्रेष्ठको उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।