Responsive Ad Slot

latest

बर्हिगमनमा परेका लडाकुहरुको आह्वानमा आज नेपाल बन्द I

Thursday, January 5

/ by Admin BHOLA THAPA

काठमान्डौ पुस २१ गते ।

बर्हिगमनमा परेका लडाकुहरुले आह्वान गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । अनमिनले आफूहरुलाई अयोग्यताको विल्ला लगाएर अपमान गरेको आरोप लगाउँदै उनीहरुले अयोग्यको विल्ला फिर्ता लिनुपर्ने, दीर्घकालिन व्यवस्थापन सहितको प्याकेज बनाउनु पर्ने लगायतका माग राख्दै बहिर्गमनमा परेका लडाकुहरुले बन्द आह्वान गरेका हुन् । शान्तिमन्त्री सत्या पहाडीले बन्द फिर्ता लिन हिजो एक विज्ञप्ती निकालेर आग्रह गरे पनि आफ्नो मागको उचित सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने बन्दकर्ताहरुले बताएका छन् । बहिर्गमित लगाकुले सांकेतिक आन्दोलन गरेपनि सरकारले आफ्ना मागहरुको सम्बोधन नगरेकोले बन्द गर्नु परेको बताएका छन् ।
यसैबीच काठमाण्डूमा बन्दको सामान्य प्रभाव परेको छ । अन्य दिनको तुलनामा काठमाण्डूका सडकमा आज सवारीको चाप घटेको छ । बन्दमा हुनसक्ने दुर्घटनालाई मध्यनजर राख्दै काठमाण्डूमा बाक्लो रुपमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

एकीकृत माओवादीका पूर्व लडाकुहरुले आह्वान गरेको नेपाल बन्दका कारण आज बाग्लुङको बुर्तिबाङ तथा त्यस आसपासमा चल्ने उच्च माध्यमि विद्यालय तथा यातायातका साधन चलेका छैनन् ।

पूर्व लडाकुहरुको आव्हानमा गरिनएको नेपाल बन्दका कारण बिहानैदेखि चितवन लगायत देशभरको जनजीवन प्रभावित भएको छ । वन्दका कारण विहानै देखि सवारी साधान चल्न सकेका छैनन् । शिक्षण संस्था, वजार, कलकारखाना पनि ठप्प रहेका छन् ।

बर्हीगमनमा परेका लडाकुको आव्हानमा गरिएको नेपाल बन्दको दाङमा पनि प्रभाव परेको छ । दाङवाट छुट्ने लामो तथा छोटो सवारी साधनहरु कुनै पनि चल्न सकेका छैनन । त्यसैगरी दाङका शैक्षिक संघसंस्था, उद्योग, व्यापार, कलकारखाना, विभिन्न संघसंस्था, ठप्प रहेका छन् । बन्द सफल बनाउने भन्दै बन्दकर्ताहरु दाङका बजारका चोक चोकमा तैनाथ भएका छन् ।

बन्दका कारण पोखरामा पनि बिहानैदेखि यातायात, बजार पसल, शैक्षिक संस्था कलकारखान खुल्न सकेका छैनन् । तर एम्वुलेन्स, प्रेस मानवअधिकारकर्मीका सवारी साधन भने सन्चालनमा आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI