Responsive Ad Slot

latest

स्वस्थानी व्रत आरम्भ I

Monday, January 9

/ by Admin BHOLA THAPA

काठमाडौं, पुस २५ गते ।
आज देखि स्वस्थानी ब्रत प्रारम्भ भएको छ । आजैदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दु नेपालीका घरमा सात्विक भावले श्रद्धाभक्तिपुर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिंग बनाई निराहार रहेर तपस्या गरी मनोकाङ्क्षा पुर्ण भएको कथासँग जोडिएको छ ।

शिव–पार्वतीको विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागत रुपमा सोही व्रतकथा प्रचलित हुँदै आएको मानिन्छ । सुख, सन्तोष उन्नती तथा परमार्थमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवं भक्तिभावपूर्वक पौष शुक्ल पुर्णिमादेखि सुरु गरिने श्री स्वस्थानी परमेश्वरको व्रत, पूजन तथा कथा श्रवण गर्ने क्रम माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहन्छ । स्वस्थानी ब्रत आरम्भ भएदेखी काठमाडौको साली नदि , पशुपति लगाएत शिब मन्दीरमा हिन्दू महिलाको बिशेष घुँइचो लाग्ने गर्दछ ।

Don't Miss
© all rights reserved
made with by netKUTI