Responsive Ad Slot

latest

श्रीमानले हेला गरेपछि अपाङ्ग महिलाको विचल्ली I

Tuesday, January 24

/ by Admin BHOLA THAPA
पूर्ण विके तनहुँ, माघ ११ - अपाङ्ग भएकै कारण श्रीमान्ले हेला गरेपछि भिमाद- ३ भावरकी ३३ वषर्ीया पूर्णमाया विक विचल्लीमा परेकी छन । वेसहारा उनी छिमेकी र वटुवाले दिएको अन्तपातले गुजारा गर्दै आएकी छिन् । ज्यालामजदुरी गर्ने श्रीमान् टोपवहादुर महिनाको एक दुई पटक घर आउने र अपाङ्ग भन्दै यातना दिने गरेका उनले दुःखेसो पोखिन । उनले सहयोग नपाएको दिन छोरीहरुसहित भोकभोकै सुत्नुपर्ने अबस्था रहेको बताईन । 'अन्नपात केही नहुँदा धेरैपटक भोकभोकै सुतेका छौं,' उनले भनिन्, 'हिड्न सक्ने मात्रै भएपनि मागेर छोरीहरुको पेट भोको राख्ने थिईन ।'

 हिड्डुल गर्न नसक्ने पूर्णमायाले ठुली छोरी मनिषाको सहयोगमा प्लाष्टिकमा दिसा गर्ने र ओछ्यान अघिको खाडलमा पिसाव गर्ने गर्छिन् । छोरी पूर्णमाया नभएको बेला कपडामा नै दिसापिसाव गर्नु पर्ने वाध्यता उनले वताईन् । 'छोरी स्कुल जाने भएकोले मेरो ख्याल गर्ने कोही हुँदैनन्,' उनले भनिन्, 'सानी छोरीले केही सहयोग गर्न सक्दिन ।' करिव १३ वर्ष अघि वाख्रा वेचेको २ हजार रुपैंयाँ खर्चिएर करिव ८ आना जग्गा किनेर उक्त स्थानमा सानो कटेरो वनाएर पूर्णमाया वसेकी छिन् । महिनाको एकदुई पटक घर आउने श्रीमान्ले मार्छु भन्दै प्रत्येक पटक यातना दिने गरेको उनले वताईन् । 'पटक पटक हतियार प्रहार गर्न खोजेकाले छिमेकीहरुले वन्चरो र खुर्पाहरु खोसेर राखिदिए', उनले भनिन्, 'रक्सीले मातेका श्रीमान्ले छिमेकीलाई समेत मार्छु भन्दै धम्क्याउँछन् ।' १३ वर्षको उमेरमा विवाह गरेकी उनले १८ वर्षको उमेरदेखि थला परेको वताईन् ।

 'अहिले हिडडुल गर्न त के एक हात अघि जान समेत घिसि्रनु पर्छ,' उनले भनिन्, 'आफु तन्दुरुस्ती भए ज्यालामजदुरी गरेरै परिवारको पेट पाल्ने थिएँ ।' करिव ४ वर्ष पहिले छाएको सानो कटेरोमा पानी पर्दा चुहिएर आगो सल्काउन र चुहिएर राती सुत्न समेत नसकिने उनले वताईन् । 'ओड्ने ओच्याउने र लत्ता कपडासमेत छिमेकीले दिने गर्छन्,' उनले भनिन्, 'भित्र रहेको सानो कोठामा समेत २ जना भन्दा धेरै सुत्न मिल्दैन । तर कोचिएर सुत्नुपर्ने वाध्यता छ ।' ठुली छोरी मनिषा खैरेनीटार ९ स्थित शुक्ला प्राविको कक्षा ५ मा पढ्छिन् । कान्छी शोभा भने विद्यालय जाने गरेकी छैनन् । छोरी मनिषाले घरमा पकाउने अन्न नहुँदा धेरै पटक विद्यालयमा भोकभोकै गएको वताईन् ।

 'पकाउने केही नभएपछि भोकै स्कुल नगएर के गर्ने ?,' उनले भनिन्, 'वुवाले समेत वास्तै नगर्दा ज्यादै नमजा लाग्छ ।' पूर्णमायाकी भाउजु सरस्वतीले घरमा अन्नपात नहुँदा नन्दाले धेरै पटक दोवाटोमा लगेर राखिदिनु भन्ने गरेको सुनाईन् । 'दोवाटोमा लगेर राखिदिनु न मागेर प्राण धान्छु भन्नु हुन्छ,' सरस्वतीले भनिन्, 'घरमा भएको केही खानेकुरा दिएपछि केही वेर शान्त हुनुहुन्छ ।' उनले नन्दा पूर्णमाया हिडडुल गर्न नसक्ने भएपछि माईती नजिकै जग्गा किनिदिएको वताईन् । 'नन्दाको यस्तो अवस्था भएपछि नजिकै राखेका हौं' उनले भनिन् । साभार ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI