गोरखा, माघ ९ गते ।
गत २ गतेदेखि शुरु भएको किशोरीहरुलाई सिप विकास सम्वनिध वाख्रापालन तालिम सम्पन्न भएको छ ।महिला तथा वालवालिका कार्यालय गोर्खाको आयोजनामा भएको एक हप्ते तालिममा वाख्रा पालनमा अपनाउनु पर्ने विभिन्न सिपहरुका वारेमा जानकारी गराउँदै आज सम्पन्न भएको हो ।
महिला तथा वालवालिका कार्यालयमा भएको तालिममा खोप्लाङ गाविसका त्रिवेणी किशोरी समुहका ३० जना किशोरीहरुको सहभागिता रहेको र सहभागि किशोरीहरुलाई जिल्ला पशु सेवा कार्यालयका प्रमुख जिवलाल लम्सालले वाख्रा पालन सम्वन्धि सिप तथा महिला तथा वालवालिका कार्यालयका प्रमुख अञ्जना पौेडेलले वाखा्रको व्यावसायिकरणका विषयमा प्रशिक्षण दिनुभएको मुख्य महिला कार्यकर्ता इन्दिरा अंगाईले जानकारी दिनुभयो ।
महिला कार्यकर्ता अंगाईले तालिममा पशु सेवा कार्यालयका प्रमुख लम्सालले वाख्राको लागी दानापानिको व्यवस्था,उन्नत घाँस र खोरको उचित व्यवस्थापन तथा वाख्रालाई रोग लाग्न नदिन र लागि सकेपछि अपनाउनुपर्ने उपायाहरुको वारेमा प्रशिक्षण गराउनुभएको र महिला तथा वालवालिका कार्यालयका प्रमुख अञ्जना पौडेलले वाख्राको व्यावसायिकरण खरिद, विक्रि र कुन समयमा वाख्रा विक्रि वा खरिद गर्दा किसानलाई फाईदा र वेफाईदा हुन्छ भन्ने विषयमा जानकारी गराएको वताउनुभयो ।
मुख्य महिला अंगाईले आज अन्तिम दिनको समापन कार्यक्रममा तालिममा सहभागि किशोरीहरुलाई प्रमाण पत्रको साथमा दैनिक २२५ का दरले १५७५ र वाख्रापालनका लागि सहयोग स्वरुप ३,५०० सयका दरले वितरण गरिएको जानकारी दिनुभयो ।