Responsive Ad Slot

latest

ग्रामीण बस्तीमा हिमपात, जनजीवन कष्टकर I

Friday, January 13

/ by Admin BHOLA THAPA

सिन्धुपाल्चोकका दर्जन भन्दा बढी ग्रामीण बस्तीमा हिमपात, जनजीवन कष्टकर ।।
काभ्रेपलाञ्चोक पुस २९ गते ।
सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका दर्जनभन्दा बढी ग्रामीण बस्तीमा आजराती बाक्लो हिउँ परेको छ । जिल्लाको सेर्माथाङ, मेलम्चीघ्याङ, तार्केघ्याङ, क्याङसिङ, गुम्वा, तेम्बाथाङ, गोलु, बगाङ, सेलाङकट्टी, यार्मला, दोलंसा जस्ता दर्जनभन्दा बढी ग्रामीण बस्तीमा ३ फिट बाक्लो हिउँ परेको छ ।
 हिउँसँगै चिसो बढेपछि हिमाली भेगको जनजीवन निकै कष्टप्रद बन्न पुगेको छ । हिमपातका कारण बाह्रविसे विगु मोटरबाटोमा यातायात सेवा प्रभावित भएको घोर्थलीका कामी शेर्पाले बताउनुभयो । हिमपातका कारण बन्यजन्तु तथा पशुपंछीका साथै घरपालुवा जनावर बढी प्रभावित भएको छ ।




मकवानपुरको दामनमा फेरि हिमपात ।।
 मकवानपुर पुस २९ गते ।
मकवानपुरको दामन सिमभन्ज्याङ क्षेत्रमा फेरि हिउँ परेको छ । हिमपातका कारण अहिले मकवानपुरको उत्तरी क्षेत्रबाट हेटौंडा तर्फ जाने यातायात अवरुद्ध भएको छ । सिमभन्ज्याङमा बाक्लो हिमपात भएका कारण सडक अवरुद्ध भएको हो ।  सडक अवरुद्ध भएपछि अहिले हेटौंडा तर्फ जान लागेका यात्रुहरु दामन शिखरकोटमा नै अलपत्रमा परेकाछन् । अहिले नियमित रुढका तथा अन्य सवारीका साधन समेत सबै बाटैमा रोकिएको छन् । यसअघि दामन सिमभन्ज्याङ क्षेत्रमा पुस २३ गते हिमपात भएको थियो ।




प्यूठानमा हिमपात र तुषारो I
प्युठान पुस २९ गते ।
प्यूठानका विभिन्न स्थानमा हिमपात र तुषारो परेको छ । जिल्लाका उच्च पहाड तथा डाँडाहरुमा हिजो साँझदेखि हिउँ परेकाले चिसो महसुस गरिएको छ । प्यूठानका उच्च पहाड स्वर्गद्वारी, तुषारा, स्याउलीवाङ, जुम्रिकाँढा, पुजा लेक लगायतका डेढ दर्जन स्थानमा हिउँ परेको छ ।

जाडोका कारण आज उच्च मावि तथा क्याम्पसहरुमा बिहानी कक्षामा चल्ने पढाइ समेत प्रभावित बनेको छ । हिजो भएको वर्षासँगै प्यूठानमा ५ वर्षपछि हिउँ परेको स्थानियबासिन्दाले बताएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI