Responsive Ad Slot

latest

नवलपरासीका उखु किसानहरु आन्दोलनमा I

Monday, January 2

/ by Admin BHOLA THAPA

नवलपरासी पुस १८ गते ।
नवलपरासीका उखु किसानहरुले उखुको उचित मूल्य नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत आजदेखि चिनी मिलहरुलाई उखु नदिने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो । 

त्यसैगरी उखु उत्पादक कृषक समिति नवलपरासीले पुस २३ गते अपरान्ह १२ बजेदेखि दुई घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । उखुको मूल्य प्रति क्विन्टल दुई सय ५१ रुपैयां कायम नभए अन्य चरणबद्ध आन्दालन गर्ने किसानहरुले जनाएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI