Responsive Ad Slot

latest

मृत्युहुनेको संख्या ४ पुग्यो I

Sunday, January 1

/ by Admin BHOLA THAPA

नुवाकोट, १७ पुस गते ।
नुवाकोटको दईपीपल गाविसको देउरालीमा बस दुर्घटना हुदा मृत्यु हुनेको सँख्या ४ पुगेको छ । दुई जनाको उपचारको क्रममा गएराती मृत्यु भएको हो । काठमाण्डौंबाट दुईपिपल जादै गरेको बस दुर्घटना हुदा घाइते भएका दुईपिपल १ का २५ वर्षका दिनेश मोक्तान र ४५ वर्षका इन्द्रमाया तामाङको गए राती मृत्यु भएको प्रहरीले जनाएको छ । भंगेरीका मीनबहादुर लामिछाने र टंकप्रसाद दाहालको हिजो मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको काठमाडौंको बी एण्ड बी अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI