काठमान्डौ,पुस १७ गते ।
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको जारी बैठकमा आजसम्ममा ६५ जना केन्द्रिय सदस्यहरुले आ आफ्ना धारणा राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान लेखनको जारी प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने दृष्टिकोणसहितको प्रस्ताव राख्नुभएको छ भने वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठकमा जनविद्रोहमा जानुपर्ने विकल्पसहितको प्रस्ताव राख्नुभएको छ ।
गएको बुधबारदेखि शुरु माओवादी केन्द्रीय समिति बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेपछि नेताद्धयले जवाफ दिने कार्यक्रम छ । भोलि विहान ११ बजे फेरि बस्ने गरी बैठक आजलाई सकिएको छ । यस अघि हिजोका लागि बोलाइएको बैठक सचिव सीपी गजुरेललाई मातृशोक परेपछि स्थगित भएको थियो ।