काठमान्डौ पुस २९ गते ।
नेकपा एमालेको भातृ संगठन युवा संघको ३ दिने राष्ट्रिय भेला आजदेखि झापामा सुरु हुँदैछ । भेलाको अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम छ । झापाको बिर्तामोडमा सुरु हुने युवा संघको भेलाको लागि एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल,केपी शर्मा ओली, उपाध्यक्ष बामदेब गौतम लगायतका नेताहरु झापा पुगिसक्नु भएको छ ।
नेकपा एमालेले पार्टीभित्रको विवाद समाधानको घोषणा गरेपछि व्यवहारिक रुपमा पार्टी एकताको सन्देश दिने प्रयासमा झापामा भाृत सङ्गठन संघको भेला झापामा गर्न लागेको हो । कम्युनिष्ट आन्दोलनको उद्गम थलो मानिने झापाबाट व्यवहारिक रुपमै पार्टी एकताको घोषणा गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ । भेलामा सहभागी हुन आउनेहरुका लागी ३ सय २५ वटा बसको व्यवस्था गरिएको युवा संघले जनाएको छ ।