काठमाडौं, पुस २५ गते ।
उपसमितिले नेपाल दूर सञ्चार प्राधिकरणले नियमविपरीत सेवा सञ्चालनको अनुमति र फ्रिक्वेन्सी वितरणमा भएको छानबिनकालागि एउटा उपसमिति गठन गरेको थियो ।
उपसमितिले दूरसञ्चार प्राधिकरणले अन्य कम्पनीलाई मागेबमोजिम सुटुक्क फ्रिक्ेवन्सी दिदाँ अर्बौ रुपैया राजस्व गुमेको ठहर गरेको छ । सभासद प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित उपसमितिले झन्डै एक बर्ष लगाएर प्रतिबेदन तयार गरेको छ ।
उपसमितिले तयार पारेको प्रतिबेदन अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई बुझाउने सिफारिस गरेको छ । प्रतिबेदन अख्तियारलाई बुझाउने निर्णय गर्न लेखा समितिले बैठक १० बजे बस्न लागेको हो ।
जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु I
मोरङ
नरेन्द्र बस्नेत
पुस २५ गते ।
मोरङको पथरीमा जंगली हात्तीको आक्रमणमा एक महिलाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट आज विहान पथरी–९ जयचौक बस्ने ५० बर्षिय केसर माया राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।