Responsive Ad Slot

latest

गुप्ताको मुद्दा आज फैसला हुदै I

Monday, January 9

/ by Admin BHOLA THAPA

काठमडौ पुस २५ गते ।
सर्बोच्च अदालतले सूचना तथा सञ्चार मन्त्री एबम मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता विरुद्ध दायर भ्रष्टाचारको मुद्दाको फैसला आज गर्दै छ । गुप्तामाथीको मुद्दामा गत श्रावण २३ गतेबाट न्यायाधीशद्वय तप बहादुर मगर र सुशीला कार्कीको संयुक्त इजलासमा सुनुवाई सुरु गरिएको थियो ।


१८ मंसिर २०५४ देखि १८ असोज २०५९ सम्म सार्वजनिक पदमा रहदा २ करोड ८ लाख ८ हजार ४६ रुपैय ३८ पैसाको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपययोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध मुद्दा दायर गरेको थियो । यस अघिनै काग्रेस नेता चिरञ्जीबि वाग्लेलाई भ्रष्टाचार गरेको ठहर गर्दै सर्बेच्चले डेढ बर्ष जेल चलान गर्ने फैसला गरेको थियो । सर्बोच्चको फैसलापछि वाग्ले गत चैत्र ३ गते देखी जेलमा छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI