काठमाडौ माघ ७ गते ।
कृषी विकास बैकले आज ४५ औ बार्षिक उत्सब मनाउदै छ । बैकको केन्द्रिय कार्यालय रामशाह पथमा आयोजनाहुने कार्यक्रमलाई केहीबेरमा प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्नुहुने छ ।
बैकले बार्षिक उत्सबको अबसर पारेर बैंकले गाउदेखी सहरसम्म सम्पुर्ण बैंकिङ सेवासहित देशको समग्र आर्थिक समृद्धिको लागि दृढसंकल्पित रहेने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारी स्वामित्वमा रहेको र ग्रामीण जनतालाई लक्षीत गरि स्थापना भएको बैंकका देशभर २ सय ४३ कार्यालय रहेका छन ।
बैंकको चालु आर्थिक बर्षमा अधिकृतिपुजी १३ अर्ब , जारी पुजी ९ अर्ब ६३ करोड ६८ लाख र चुक्ता पुजी ९ अर्ब ४७ करोड ४३ लाख रुपैया रहेको छ ।
बैकले अहिले सम्म ३ खर्ब ४० अर्ब ८३ करोड नव्वे लाख रुपैया लगानी गरेको छ । बैककका शेवाग्राही देशभर ७ लाख १३ हजार २ सय ५६ जना रहेका छन ।