काभ्रेपलाञ्चोक, पुस २९ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको वाग्मती अञ्चल सम्मेलन आजबाट काभ्रेको बनेपामा शुरु हुने भएको छ । सम्मेलनको उद्घाटन दिउँसो १२ बजे पछि राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा वाग्मती अञ्चलका केन्द्रिय सदस्य, जिल्ला र नगर कमिटिका अध्यक्ष र सचिवहरु गरी ८ जिल्लाका २ सय भन्दा बढी प्रतिनिधि सहभागि हुने राप्रपा नेपाल काभ्रेका अध्यक्ष रेशम लामाले जानकारी दिनुभयो ।
भोली सम्म चल्ने सम्मेलनमा पार्टीको साँगठानिक सुदृढीकरण, संघीयता, संविधान निर्माणमा ठूला दलहरुको झगडा र आफ्नो पार्टीको भूमिका लगायतका मूख्य–मुख्य विषय माथि छलफल गर्नुका साथै सहभागिहरुको राय संकलन गरिने बताइएको छ ।