काठमाडौं, माघ ६ गते ।
पेट्रोलियमा पदार्थको मुल्य बृद्धिको विरोधमा प्रर्दशनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच राजधानी लगाएत विभिन्न जिल्लामा झडप भएका छन ।
राजधानीका प्रर्दशनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस आर आर अगाडि प्रहरी र विद्यार्थिबीच झडप हुदा ५ जना विद्यार्थि घाइते भएको छ । मुल्य वृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलन गरिरहेका विद्यार्थिलाई प्रंहरीले लाठी चार्ज गरेको थियो ।
लाठीचार्जबाट आर आर क्याम्पसका स्ववियु सभापति राजकुमार राई लगायत ५जना विद्यार्थी घाईते भएका छन ।
विद्यार्थीले बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्याम्पस अगाडी प्रदर्शन गर्दा काठमाडौंको ट्राफिक अवस्था पनि अस्तव्यस्त भएको छ ।
त्यसैगरी तरुण दल र युवासंघलेपनि आजै पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध प्रर्दशन गर्ने भएका छन ।
यसैविच ,विद्यार्थीहरुले आफुहरुको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै अनिश्चतकालिन सुनसरी बन्द गराएका छन । बन्दका कारण आज बिहानैबाट यातायात प्रभावित भएको छ ।यस्तै दिउसो १ बजे राजधानीको त्रिचन्द्र कलेज अगाडि खाली सिलिन्डर सहित प्रर्दशन गरीने बिद्यार्थी नेताहरुले बताएका छन ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नहुदा सम्म आन्दोलन जारी राख्ने निर्णय गरेका १३ संंठनले आगामी ११ गते सम्म पहिलो चरणका बिरोधका कार्यक्रम सार्बजनिक गरेका छन ।
नेपाल आयल निगमले निगमलाई घाटा भएको भन्दै खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर १ सय ७५ रुपैया, पेट्रोलमा प्रतिलिटर १० र मट्टितेल तथा डिजेलमा प्रति लिटर ९ रुपयाँ मुल्य बढाएको थियो ।
सरकारले मूल्य बृद्धि गरेपनि सर्वसाधरणले बजारमा पेट्रोलियम पदार्थ सहज उपभोग गर्न पाएका छैनन ।