Responsive Ad Slot

latest

शान्ति प्रक्रिया टुङ्गोमा पुगेपछि विकास निर्माणको कार्य सुरूवात हुने एमाले अध्यक्ष खनालको भनाइI

Sunday, January 22

/ by Admin BHOLA THAPA
मङ्गलबारे (इलाम)माघ ८गते ।

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया टुङ्गोमा पुगेपछि मात्र मुलुकमा विकास निर्माणको सुरूवात हुने बताउनुभएको छ ।


इलामको साँखेजुङ गाविसमा स्थापना हुन लागेको सहिद रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्यूटलाई आज जग्गा हस्तान्तरण गर्दै उहाँले माओवादी लडाकुको व्यवस्थापन र संविधान निर्माणपछि मात्र मुलुकले कोल्टे फेर्छ भन्नुभयो ।

उहाँले साँखेजुङ–७ मा रहेको आफ्नो ५० रोपनी जग्गा इन्स्टिच्यूटलाई रजिस्ट्रेसन पास गरिदिनुभएको हो । इन्स्टिच्युटलाई दुई सय रोपनी जग्गा आवश्यक पर्नेमा दाताहरूको सहयोगबाट करिब ७० रोपनी रजिस्ट्रेसन पास हुने मालपोत अधिकृत किरणकुमार भट्टराईले बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०६८÷०६९ को बजेटमार्फत इन्स्टिच्यूटका लागि रु तीन करोड विनियोजन गरेको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मार्फत् सञ्चालन हुन लागेको इन्स्टिच्यूटमा प्राविधिक एसएलसी र प्रमाणपत्र तहको अध्ययन हुने जनाइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI