तनहुँ पुस १९ गते ।
तनहुँको धामिर्क तथा ऐतिहासिक तीर्थस्थल देवघाटधामलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । धामिर्क पर्यटनको प्रवन्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्टिय क्षेत्रमा प्रचार–प्रसार गर्न यसलाई सूचीकृत गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।
देवघाट क्षेत्र विकास समितिले धामिर्क तथा ऐतिहासिक थलोका रुपमा रहेको देवघाट आफैंमा धामिर्क पर्यटकीयस्थल बन्न सक्ने प्रचुर सम्भावना रहेकाले सूचीमा राख्न पहल गर्नुपर्ने जनाएको छ। समितिका कार्यकारी निर्देशक लोकप्रसाद भुर्तेलले प्राचीनकालदेखि देवताहरुको क्रिडाभूमि, ऋषिमुनिहरुको तपोभूमि र सिद्धहरुको साधनाभूमिका रुपमा रहेको देवघाटको प्राकृतिक सुन्दरताबाट आकर्शिर्त भई लाखौंको संख्यामा पर्यटकहरु आउने गरेको बताउनु भयो ।
सरकारले पर्यटन वर्È घोÈणँ गर्ने क्रममा देवघाटलाई पनि गन्तव्यस्थलका रुपमा समावेश गरेको थियो । क्षेत्र बिकाश समितिका अध्यक्ष खिमलाल भण्डारीले यो क्ष्ेत्रको विकास र प्रवद्र्धनका लागि तयार गरिएको गुरुयोजनालाई आवश्यक परिमार्जनसहित पूर्णता दिई सरकारले स्वीकृत गरिसकेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले देवघाटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने सके धेरैभन्दा धेरै पर्यटक भित्रउन सकिने बताउनु भयो । तनहुँ चितवन र नवलपरासीको संगमस्थलका रुपमा रहेको देवघाटले ५४३४ हेक्टर क्षेत्रफल भूभाग ओगटेको छ । देवघाटमा चक्रेश्वर, कालिका, भैरव, गणेश, सूर्य, बागेश्वरीलगायतका महत्वपूर्ण पुरातात्विक मन्दिर छन् ।