काभ्रे, १८ पुस :
प्राइम एफएम १०४. ५ मेगाहर्ज आजदेखि पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । २०६६ माघ २२ गते रेडियो नयाँ सन्देशको नामबाट प्रशारण सुरु भए पनि २०६७ पुस १७ गतेदेखि प्राइम एफएमको

नेपाली पत्रकारिता क्षेत्रमा लागेर प्रेस स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष यशोदा तिम्सिनालाई प्राइम पत्रकारिता सम्मान २०६८ ले सम्मान
गरिएको छ । त्यसैगरी काभ्रेली माटोमा जन्मिएर नेपाली सांगितीक क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत ग्लुमी गाइजका गायक हरि कर्माचार्यलाई प्राइम श्रष्टा सम्मान २०६८ ले सम्मानित गरिएको छ । त्यसैगरी आई सामुदायिक सञ्चार केन्द्रको स्थापना गरी रेडियो सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे वापत आई सामुदायिक सञ्चार केन्द्रका संस्थापक अध्यक्ष रघुनाथ सापकोटालाई सम्मान गरिएको थियो । सम्मानीत व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दोसल्ला, सम्मान पत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रममा वर्षको उत्कृष्ट कार्यक्रम सञ्चालकद्वय सचित खड्का, सुजाता कार्की र बर्षको उत्कृष्ट कार्यक्रम मेरो कथा मेरो व्यथालाई सम्मान गरिएको थियो । आई सामूदायिक सञ्चार केन्द्रका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राइम एफएमका प्रवन्ध निर्देशक अशोक व्याञ्जूले स्वागत मन्तव्य र सञ्चार केन्द्रका कोषाध्यक्ष मोतिराम तिमल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ठ तीन विज्ञापनदाताहरु राजकुमार दाईको मोटर पार्टसपसल, मोबाइल ग्यालेक्सी इम्पेक्स र मा चण्डेश्वरी हार्डवेयरलाई सम्मानितगरिएको थियो । यस्तै मेरो स्वर कार्यक्रमका दुई विजयीलाई प्रमाणपत्र समेतवितरण गरिएको थियो । कार्यक्रममा लोकगायक गोकुल राउत, पार्वती कार्की, भोजराज काफ्ले, गायकहरु हरि कर्माचार्य, रामहरि न्यौपाने, विनोद ढकाल, श्रीकुमार राना मगरलगायतले गीत गाउनुभएको थियो भने हाँस्य कलाकार कमल गाउँलेले प्रहसन प्रस्तुत गर्नुभएको थियो । पुस स् प्राइम एफएम १०४। ५ मेगाहर्ज आजदेखि पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । २०६६ माघ २२ गते रेडियो नयाँ
सन्देशको नामबाट प्रशारण सुरु भए पनि २०६७ पुस १७ गतेदेखि प्राइम एफएमको नाममा रेडियो प्रशारण सुरु भएको दिन पारेर एफएमले आफ्नो बार्षिकोत्सव मनाएको हो । आई सामूदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित प्राइम एफएमले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत
गरेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा लागेर प्रेस स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष यशोदा तिम्सिनालाई प्राइम पत्रकारिता सम्मान २०६८ ले सम्मान
गरिएको छ । त्यसैगरी काभ्रेली माटोमा जन्मिएर नेपाली सांगितीक क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत ग्लुमी गाइजका गायक हरि कर्माचार्यलाई प्राइम श्रष्टा सम्मान २०६८ ले सम्मानित गरिएको छ । त्यसैगरी आई सामुदायिक सञ्चार केन्द्रको स्थापना गरी रेडियो सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे वापत आई सामुदायिक सञ्चार केन्द्रका संस्थापक अध्यक्ष रघुनाथ सापकोटालाई सम्मान गरिएको थियो । सम्मानीत व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दोसल्ला, सम्मान पत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रममा वर्षको उत्कृष्ट कार्यक्रम सञ्चालकद्वय सचित खड्का, सुजाता कार्की र बर्षको उत्कृष्ट कार्यक्रम मेरो कथा मेरो व्यथालाई सम्मान गरिएको थियो । आई सामूदायिक सञ्चार केन्द्रका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राइम एफएमका प्रवन्ध निर्देशक अशोक व्याञ्जूले स्वागत मन्तव्य र सञ्चार केन्द्रका कोषाध्यक्ष मोतिराम तिमल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ठ तीन विज्ञापनदाताहरु राजकुमार दाईको मोटर पार्टस पसल, मोबाइल ग्यालेक्सी इम्पेक्स र मा चण्डेश्वरी हार्डवेयरलाई सम्मानित गरिएको थियो । यस्तै मेरो स्वर कार्यक्रमका दुई विजयीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा लोकगायक गोकुल राउत, पार्वती कार्की, भोजराज काफ्ले, गायकहरु हरि कर्माचार्य, रामहरि न्यौपाने, विनोद ढकाल, श्रीकुमार राना मगरलगायतले गीत गाउनुभएको थियो भने हाँस्य कलाकार कमल गाउँलेले प्रहसन प्रस्तुत गर्नुभएको थियो ।