Responsive Ad Slot

माओवादी केन्द्रीय समितिको बैठक I

Thursday, January 5

/ by Admin BHOLA THAPA


काठमान्डौ पुस २१ गते ।
राजधानीमा जारी एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बस्ने वा नबस्ने टुङ्गो लागेको छैन । बहिर्गमनमा परेका माओवादी लडाकुहरुले आह्वान गरेको नेपालवन्दको कारण केन्द्रीय समितिको बैठक अनिश्चत बनेको हो । माओवादी सचिव शक्ति बस्नेतले केन्द्रीय समितिको बैठक बिहान ११ बजे बस्ने पूर्व निर्धारित समय भएको जानकारी दिदै पूर्व लडाकुहरुको बन्दका कारण बैठक स्थिगित गर्ने वा नगर्ने भन्नेबारे बिहानसम्म कुनै जानकारी नआएको सीआईएनलाई बताउनुभयो ।

गएको एक सातादेखि जारी माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्ड र बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले पेस गरेको छुट्टाछुट्टै प्रस्तावको बारेमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI