काठमाडौ माघ ९ गते ।
नेपाल आयल निगमले डिजेलमा दोहोरो मुल्य निर्धारण गरेको छ । दोहोरो मुल्य अनुसार अब औधोगिक क्षेत्रको प्रयोजनकालगि डिजेल प्रतिलीटर ९७ रुपैंया ९० पैसा पु¥याएको छ ।
मुल्यबृद्धि गर्दा पनि घाटा रहेको भन्दै निगमले डिजेलको मुल्य बढाएको हो । सर्बसाधारणलाई भने प्रतिलिटर ८५ रुपैयामा बेच्ने निगमले जनाएको छ ।
यता,उद्योग ब्यावसायीहरुले भने बिद्युत अभावले संकट ग्रस्त बन्न पुगेका उद्योगहरु डिजेलको दोहोरो मुल्य निर्धारणले थप संकटमा पर्ने जनाएका छन ।