Responsive Ad Slot

latest

कतारका आदिबासी जनजातिहरुले माओवादी नेता शेरचन संग भेटघाट गरे I

Monday, January 2

/ by Admin BHOLA THAPA
बुधबल गुरुङ
जनवरी २, दोहा ÷ कतारका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका पदाधिकारीहरुले एनेकपा माओवादीका नेता स्थायी कमीटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन संग डिसेम्बर ३१ का दिन दोहा स्थित हिमालय रेष्टुरेण्टको सभाहलमा भेटघाट गरे । नेता शेरचन नेपाल जनप्रगतिशिल मञ्च कतारको दोश्रो महाधिबेशनको लागि कतार आउनु भएको थियो । उहॉको साथमा एनेकपा माओवादीका विदेश विभाग सचिव मनोज जंग थापाको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रम भेटघाटका अवसरमा कतारका आदिवासी जनजातिहरुले एनेकपा माओवादीको संघीयता संबन्धि अवधारणा, संविधान सभामा ककसको भूमिका, आदिवासी जनजातिहरु प्रति हेर्ने दृष्ट्रिकोण, अन्तराष्ट्रिय श्रम सन्धीको धारा १६९ को कार्यन्वयनको बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासा राख्नेहरुमा महासंघका अध्यक्ष मान बहादुर सावॉ लिम्बु, प्रमुख सल्लाहकार अमृत गुरुङ र महासंघका संघीय परिषदका सदस्यहरु थिए ।

मुलुक संघीयतामा जाने निर्णय भई सकेको अवस्थामा सामाथ्र्यको आधारमा नभई पहिचानको आधारमा संघीयता हुनुपर्दछ भन्ने धारणा एनेकपा माओवादीको रहेको र यस बारेमा राजनितिक पार्टीहरु विच छलफल चलिरहेको बताउनु भयो । यसका साथै संघीयतामा स्थानिय जनताको अग्राधिकार हुनुपर्ने, स्वायत्त शासन हुनुपर्ने, राज्य पुनरसंचना गर्दा हरेक क्षेत्रमा पहु‘च पुग्नु पर्ने, समावेशी, समानुपातिक सहभागि अनिवार्य रुपमा रहनुपर्नेमा आफुहरु रहेको समेत बताउनु भयो ।

त्यसै गरी उहॉले हाल सम्म आदिवासी जनजाति सभासदहरुको संगठन ककसको भूमिका एकदमै सह्रानिय रहेको बताउनु भयो । “पहिले देखि नै जनजातिहरु यसरी एकजुट भई सकेको भए हामी एक कदम माथि पुगी सक्थ्यौं ” उहॉले भन्नु भयो । यसका साथै उहॉले राज्यको कार्यकारी पदहरुमा, राजनैतिक नेतृत्वमा पुग्न नसकेको अवस्थाले पनि हाम्रो हक अधिकारको बारेमा कार्यन्वयन नभएको स्विकार्नु भयो । यस बारेमा जनजातिहरु सचेत हुनु पर्ने समेत बताउनु भयो ।

थपिएको म्याद भित्र संविधान बन्छ त ? भन्ने एक जिज्ञासामा उहॉले विदेशीहरुद्धारा संचालित सभासदहरु र राजनितिक दलहरु भएकोले यस भन्दा अघि तीन महिना मात्र संविधान सभाको म्याद थपिएको र अबको थपिएको निर्धारित समयमा संविधान बन्न सक्नेमा आशावादी रहेको बताउनु भयो । तीन महिना मात्र संविधान सभाको म्याद थपिनुमा देशी विदेशी शक्तिहरुको आफ्नो स्वार्थ लुकेको समेत खुलाउनु भयो ।

अन्तराष्ट्रिय श्रम सन्धीको धारा १६९ को कार्यन्वयनको बारेमा राखिएको जिज्ञासामा भने सरकार यसबारेमा मौन रहेको र ककसले यसबारेमा आवाज उठाईरहेको जानकारी गराउनु भएको थियो ।

महासंघका महासचिव विनेश तामाङद्धारा संचालित कार्यक्रममा कतारका आदिवासी जनजातिहरुहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI