Responsive Ad Slot

latest

तामाङ ल्होसार मनाईने I

Friday, January 20

/ by Admin BHOLA THAPA
गोरखा, ६ माघ । नेपाल तामाङ घेदुङ संघ गोरखाले तामाङ ल्होसार धुमधामले मनाउने निर्णय गरेको छ । संघले माघ ९ र १० गते जिल्ला सदरमुकाम तथा तामाङ बस्ती रहेका गाविसहरुमा भव्यताका साथ ल्होसार मनाउने निर्णय गरेको संघका जिल्ला अध्यक्ष सुकदेव तामाङले जानकारी दिनुभयो ।

जस अनुसार सदरमुकाममा माघ ९ गते खेलकुद मैदान हरमटारीबाट झाँकी सहितको ¥याली निकाल्ने र सभाको आयोजना गर्ने तथा १० गते संघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI