Responsive Ad Slot

latest

नेटोको हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु I

Friday, January 20

/ by Admin BHOLA THAPA

एजेन्सी, ६ माघ गते ।
अफगानिस्तानमा नेटोको एक हेलिकप्टर दुर्घटना हुँदा छ जना सैनिकको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा उक्त दुर्घटना भएको एक सैनिक प्रबक्ताले बताएका छन् ।
हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा कुनै प्रकारको चरमपन्थी गतिबिधि नभएको सैनिक प्रबक्तालाई उधृत गर्दै बिबिसीले जनाएको छ ।
घटनाको थप बिबरण प्राप्त भई नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सेनासंग भएको झडपमा ४५ तुआरेगा विद्रोहिको ज्यान गयो पे्रम क्षेत्री, विजय एफएम गैडाँकोट, नवलपरासीअफ्रिकी देश भालीमा सुरक्षा बल र विद्रोहीबीच झडपहुदा ४५ जना मारिएका छन । सरकारी सेनाका अनुसार उत्तरी मालीको रगिस्तानी ईलाकामा भएको झडपमा २ जना सैनिकको समेत मृत्यु भएको छ ।
लिवीयामा गद्दाफीको सेनामा काम गरेर माली फर्किएका हरु विद्रोही सेनामा लागेको वीवीसीले उल्लेख गरेको छ ।
बिद्रोही तुआरेगाले उत्तरी मालीमा स्वायत्तताको माग गरीरहेको छ ।यसैबीच सिरीयामा हतियारधारी चरमपंथी समुहले सेनाका एक अधिकृतको गोली हानी हत्या गरेको सिरीयाको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
सरकार र प्रदर्शनकारी दुवैले सिरीयाको विभिन्न क्षेत्रमा मात्रै पछिल्लो पटक भएको हिंसामा ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । सिरीयाली शहरमा केहि दिन देखी भईरहेको झडप पछि लेबनानबाट लगिएका सेना हटाईएको वीवीसीले जनाएको छ । यसैविच सिरीयाको अवस्थाका बारेमा जाँच गर्न त्यहाँ पुगेको अरब लिगको टिमले आफ्नो एक महिने मिशन पुरा गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI