बुखारेस्ट , रोमानिया माघ ७ गते /
रोमानियामा गत हप्ता देखि शुरू भएको जन आन्दोलनले नवौ दिनमा प्रबेस गरेको छ / यहाका राष्ट्रपति त्रैयाँन बसेस्कू र प्रधानमन्त्री एमिल बोकको सरकार प्रति बिरोध गर्दै जनताले उनीहरूको राजीनामाको माग राखेका छन् / बढ्दो बेरोजगारी, सरकारी कर्मचारीको तलब कट्टा, बिभिन्न प्रकारका करको स्थापना, भ्याटको अंक बढेको, स्वास्थ्य
सेवा र शैक्षिक क्षेत्रमा चाहिने रकम लगानी नगरी जनतालाई दु:ख दिएको आरोप लगाउदै यो जन आन्दोलन शुरू भएको हो / रोमानियाका करिब ७० वटा शहर हरूमा नौ दिन देखि भई आएको यस आन्दोलनको क्रम अझै जारि छ /
आन्दोलनमा पुलिससँग भएको भीडन्तमा हालसम्म करिब ५० जना घाईते भएका छन् भने धेरैलाई जेल पठाइएको छ / जनताले राष्ट्रपति त्रैयाँन बसेस्कू र प्रधानमन्त्री एमिल बोकको सरकारले राजिनामा नदिए सम्म यो जन आन्दोलनलाई नरोक्ने भनेका छन् / आन्दोलनलाई बिरोधि पार्टीका नेताहरूले पनि समर्थन गर्दै हिजो एक भेला गरेका थिए
हाल रोमानियामा झन्डै २० प्रतिशत युबा बेरोजगारी छन् भने बृद्धहरूले पाउने मासिक पेन्सनले महिना भरि खान समेत नपुग्ने स्थिति छ / अर्का तिर धनि हरू ज्यादै धनि भएका र गरिबको संख्या दिन प्रति दिन बढीरहेको छ /जन आन्दोलनमा राष्ट्रपति बसेस्कू - मुर्दाबाद, सरकार - राजिनामा दे, हामी भोकले मर्दैछौ तिमीहरू झन् धनि हुदैछौ जस्ता नारा लगाई सबै क्षेत्र का जनता दैनिक सडकमा उत्रिएका छन / उता सरकारको तर्फबाट भने सबै चुप लागेर बसेका छन /
सन् २००७ साल देखि युरोपियन कम्युनिटीको सदस्यता पाएको रोमानियाले आज सम्म सेन्जेन क्षेत्रको सदस्यता पाएको छैन /