गोविन्द परियार,
काठमाडौं, माघ ७ - नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले पूर्व सहमतिअनुसार शान्ति प्रक्रिया र संविधान लेखन पूरा नगर्ने भए 'माओवादी जंगल पसे हुने' बताएका छन्। शनिबार काठमाडौं-सोलुखुम्वु जि्ल्ला सम्पर्क समितिले राजधानीमा आयोजन गरेको कार्यक्रममा बोल्दै उनले माओवादी जंगल पसे केही फरक नपर्नेसमेत बताए।
कोइरालाले शान्ति प्रक्रियामा आएदेखि आफूले पालन गर्नुपर्ने सहमतिका कुरा पालन नगर्ने र सरकार तथा अन्य दलबाट भने सबै सहमतिका कुरा लिनाले उनीहरुमाथि विश्वास गर्न नहुने बताए। माओवादीले विश्वासको वातावरण समाप्त पारेको दावी गरे। 'विगतमा सहमति भएअनुसार माओवादी केही छोड्नु पर्ने आयो भने सहमति नै नमान्ने र हामीले दिनुपर्ने सहमति मात्रै लिन खोजे। त्यसरी अब सहमति हुन सक्दैन,' उनले भने, 'सहमति अनुसार शान्ति प्रक्रिय अघि नबढाई रोकेर राख्ने हो भने उनीहरु फेरि जंगल पस्दा पनि हामीलाई केही फरक पर्दैन।' साभार:नागरिक न्युज