काठमान्डौ पुस १९ गते ।
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । गएको बुधवारदेखि जारी केन्द्रीय समितिको बैठकमा १ सय ४८ मध्ये हिजोसम्म ९२ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राखिसकेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको प्रस्तावमाथि बाँकी केन्द्रीय सदस्यहरूले आज पनि छन् । केन्द्रिय सदस्यहरुले धारणा राखिसकेपछि नेताद्वय प्रचण्ड र बैद्यले जवाफ दिने र दुवै प्रस्तावलाई मिलाएर एउटै दस्तावेज बनाउने बारेमा छलफल भइरहेको पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले सीआईएनसँग बताउनुभयो ।