लहान पुस २४ गते ।
पतञ्जली योग शिविर लहानलाई योग शिविर संचालन गर्न केहि महिनाका लागि निशुल्क कोठा प्रदान दिने धर्मशाला संचालकहरुलाई आज सम्मान गरेको छ । सिरहाको लहानमा रहेको रैनियार सेबा सदनका संचालकहरु राज लाल गुप्ता, अशोक गुप्ता, देव नारायण रौनियार लाई फुल माला अबिर लगाई पतञ्जली योग समिति सिरहाका अध्यक्ष डा. बिपी. चौधरीले सम्मान गरेको हो ।
नदिजन्य पदार्थ निकासी रोक्न माग ।।
रौतहट पुस २४ गते ।
रौतहटको चुरे वन क्षेत्रबाट नदिजन्य पदार्थ निकासी गरेको भन्दै स्थानिय बासिन्दाले रोक्नका लागि जिल्ला बन कार्यालयलाई पहल गर्न माग गरेका छन् । रौतहटको धन्सार, हिलेखोला तथा पौराई क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ निकासी गर्ननपाइने सर्वपक्षीय सहमति भए पनि जिल्ला विकास समितिका ठेकेदारले मनोमानी ढंगले वनक्षेत्रबाट नदीजन्य पदार्थ निकासी गरीरहेको गुनासो स्थानिय बासिन्दाले गरेका छन् । चन्द्रनिगाहपुर क्षेत्रका स्थानिय बासिन्दा कृष्णबहादुर खड्काले राष्ट्रपति चुरे संरक्षण योजना लागु भएको स्थानबाट निर्वाध रुपमा ढुंगा बालुवा तथा गिट्टी ओसार पसार भइरहेको बताउनुभयो । यस सम्बन्धमा जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत नन्दलाल यादवले जिल्ला बन कार्यालय तथा जिल्ला विकास समितिको दोहोरो नीति भएका कारण नदीजन्य पदार्थको नियन्त्रण गर्न समस्या भएकाले छलफल भैरहको बताउनुभयो ।