Responsive Ad Slot

latest

शासकिय स्वरुपका विषयमा मधेशी मोर्चाले आज आन्तरिक छलफल गर्दै,I

Friday, January 6

/ by Admin BHOLA THAPA

काठमान्डौ पुस २२ गते ।
शासकिय स्वरुपका बारेमा आ आफ्नो अडानमा समर्थन जनाउन माओबादी र काँग्रेसको दवावमा परेको मधेशी मोर्चाले आज आन्तरिक छलफल गर्ने भएको छ। बैठकबाट शासकिय स्वरुपमा विषयमा मार्चाको अवधारणा तयारपारिने मधेशी जनाधिकार फोरम लोकतान्त्रीकका मख्य सचेतक रामजनम चौधरीले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो । 

मोर्चाको शासकिय स्वरुपमा बारेमा अहिले सम्म फरक फरक मत रहेको छ।केही नेताहरुले नेपाली काँग्रेसले भने जस्तो कार्यकारी प्रधानमन्त्री संसदबाट निर्वाचित हुने व्यवस्थामा समर्थन गर्नु पर्ने तर्क गरेका छन भने केही नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपति हुनु पर्नेमा जोड दिएका छन ।वाकी केही नेताहरु चाही एमालेले भने जस्तो राष्टपति र प्रधानमन्त्रीलाई अधिकारको बाँडफाँड गर्नु पर्ने पक्षमा पनि देखिएका छन । 

दलहरुका विचमा शासकिय स्वरुप कस्तो हुने भन्ने विषयमा लामो समय देखि विवाद रहेको छ । सहमति खोज्नका लागी पटक पटक भएका छलफलहरु पनि निश्कर्षमा पुग्न सकेका छैनन । काँग्रेस र माओबादीले आ आफ्नो अडानमा समर्थन जनाउन यसअघि नै मोर्चासंग छलफल गरिसकेका छन । मोर्चाले आफ्नो बैठक पछि आजै काँग्रेस र एमालेसँग पनि राज्यको शासकिय स्वरुपका विषयमा छलफल गर्ने फेरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादबले जानकारी दिनुभयो । बैठक बिहान ११ बजे फोरम लोकतान्त्रिको संसदिय दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको छ । 

मोर्चाको बैठकमा समावेशी विद्येयक, नागरिकता संवन्धी व्यवस्था र सरकारसँग भएको चार बुँदे सहमतिका बारेमा पनि छलफल हुने यादवले जानकारी दिनुभयो ।
प्रतिपक्षीदलहरुले सरकारको राजिनामा मागिरहेको बेला चार बुँदे सहमति कार्योन्वयन नभएको भन्दै असन्तुष्ट बनेको मधेसीमोर्चाले काँग्रेस एमालेसँग समावेशी विद्ययकका बारेमा पनि छलफल गर्ने भएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI