Responsive Ad Slot

latest

कोटा गा बि स परिषद सम्पन्न I

Wednesday, January 25

/ by Admin BHOLA THAPA
खडक आलेमगर,
  तनहुँ (कोटा) माघ ११-तनहुँको बिकट मानिने कोट गा बि स को लोकतन्त्रगणतन्त्र प्राप्ति पछिको चौथो कोटा गाउँ परिषद हिजो सम्पन्न भयो । उक्त गाउँ परिषदले आ ब 068/069को लागि कूल 41लाख 9हजार26 रुपैयाँको आनुमानित आय ब्याय बजेत पारित गरिएको छ । चालु कोष तर्फ रु 4लाख 20 हजार बिनियोजन गरिएको छ भने पूँजिगत तर्फ 22 लाख 62हजार 6सय 26 रुपैया छुट्याएकौ छ ।

 सामाजिक सुरक्षा तर्फ रु 12 लाख ,महिला बिकास तर्फ 2 लाख 20 हजार , कृषि तर्फ 3 लाख 30 हजार ,बाल बालिका तर्फ 2 लाख 20 हजर , आदिबासि जनजाति दलित अपाङ्ग तर्फ 3 लाख 30 जहार ,युबा तथा खेलकुद बिकास तर्फ रु 55 हजार र , सरसफाई तथा खुल्लादिसामुक्त तर्फ रु 1लाख 70 हजार बिनियोजन गरेको छ । यसै आ ब मा उक्त गाउँ परिषदले सडक मार्ग लाई पहिलो प्राथमिकता र भौतिक निर्माण लाई दोस्रो प्राथमिकता क्रममा राखिएको छ । बिभिन्न सडक मार्ग ट्रयाक खोल्न रु 4 लाख बिनिजन गरिएको ज भने भौतिक निर्माणको लागि रु 3 लाख 45 हजार छुट्याएको छ ।
 गा बि स सचिब तथा अध्यक्ष बुध्दि प्रसाद भुसालको अध्यक्षता सम्पन्न उक्त परिषदमा महिला बालबालिका आदिबासिजनजातिका दलित साथै बिभिन्न राजनितिक दलका पाटीं प्रतिनिधि एवं बिभिन्न संघ संस्था प्रमुख वा प्रतिनिधिहरुको सकृय सहभागिता राहेको थियो । उक्त परिषदको संचलान तथा सहजिकरणमा स्थानिय गैर सरकारी संस्था KCDCtanahun का अध्यक्ष एवं प्रमुख खडक आले मगर ले सकृय भुमिका निभाउनु भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI