काठमान्डौ पुस २१ गते ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेपालको लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच छलफल हुँदैछ । बिहान १० बजेपछि प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा हुने भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा छलफलल हुनेछ । कार्यतालिका अनुसार संविधान निर्माणको काम हुननसकेपछि दलहरुले माघ १५ गतेसम्म काम सक्नेगरी कार्यतालिका सच्याउने सहमति गरेको भोलिपल्ट अमेरिकी राजदूत डेलिसी र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो ।