काठमान्डौ पुस ३० गते ।
चिनियाँ प्रधानन्त्री वेन जियावाओको नेपालभ्रमणका कारण आजको लागि बोलाइएको एकीकृत माओवादीको पदाधिकारी र केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीको विवाद समाधानको लागि विहान पदाधिकारी र दिउँसो केन्द्रीय समितिको बैठक बस्ने तयारी माओवादीले गरेको थियो ।
पार्टी विवाद मिलाउने बारेमा भइरहेको छलफल सहमति नजिक पुगेको र त्यसबारेको थप छलफल पछि आज ठोस सहमति हुने माओवादी नेताहारुले बताएका थिए । हिजो दिनभर भएको छलफलमा उठेका कुरालाई आज मूर्त रुप दिने र केन्द्रीय समितिको बैठकमा एकीकृत मस्यौदा पेस गर्ने तयारी भए पनि दुवै बैठक चिनियाँ प्रधानन्त्रीको भ्रमणका कारण स्थगित भएको स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रस्तावित एकीकृत मस्यौदा असन्तुष्ठ समूह बरिष्ठ उपाध्यक्षपक्षलाई पठाएको भए पनि बैद्य समूहले पूरानै ढाँचामा प्रस्ताव आएको भन्दै नयाँ प्रस्ताव ल्याउन आग्रह गरेको थियो तर हिजो दिनभरको छलफल पछि सहमति नजिक पुगिएकोभन्दै नेताहरुले विवाद समाधानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए ।