Responsive Ad Slot

latest

जनसरकारको कामलाई बैधता दिने निर्णय बारे प्रतिपक्षी दलहरुले छलफल गर्दै I

Friday, January 20

/ by Admin BHOLA THAPA
आज पनि संसद अवरुद्ध हुने संभावना
काठमाण्डौ माघ ६ गते ।
माओवादी जनसरकारले गरेको घरजग्गा किनबेच र बकसपत्रलाई मान्यता दिने सरकारी निर्णय खारेज गर्न दवाव दिन प्रतिपक्षि दलहरुले आज छलफल गर्दैछन ।सरकार र माओबादीसंगको संवन्धलाई पुर्नविचार गर्र्ने र निर्णय फिर्ता गराउने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा काँग्रेस, एमाले सहित प्रतिपक्षमा रहेका सवै दलहरुलाई बोलाईएको छ । काँग्रेस र एमाले हिजो पनि छलफल गरेका थिए भने सरकारी निर्णय फिर्ता नभए सम्म माओबादीसंगको छलफल नै नगर्ने निर्णय पनि यसअघि नै गरिसकेका छन । काँग्रेस संसदिय दलका प्रवक्ता नविन्द्रराज जोशीले आजको संसद बैठक चल्ने संभावना कम रहेको जानकारी दिनुभयो । संसद बैठक आज दिउसो १ बजे बस्नेगरी बोलाइएको छ।

आज बस्ने सवै प्रतिपक्षी दलहरुको बैठकले पनि संसद अवरुद्ध गर्ने निर्णय हुने संभावना रहेको माले महासचिव सीपि मैनालीले जानकारी दिनुभयो ।उहाले द्धन्दकालमा माओबादीले गरेका कामलाई बैधता दिने सरकारी निर्णयले माओबादी प्रतिको आशंका बढाएकाले केहीबेरमा छलफल गर्ने तयारी भईरहेको पनि बताउनु भयो ।

सत्ता साँझेदार मधेशी मोर्चा पनि जनसरकारको कारोवारलाई मान्यता दिने निर्णयको विपक्षमा उभिएको छ ।
मोर्चाका आवद्ध अधिकाँश दलका नेताहरुले सरकारी निर्णय प्रति असहमपति र अनविज्ञता जनाएका छन । सरकारले शान्ति प्रक्रियालाई सहयोग गर्न जनसत्ताले गरेको कारोबारलाई बैधानिकता दिने निर्णय गरिएको दावी गर्दै आईरहेको छ ।अन्य दलहरुले भने निर्णय फिर्ता सहितको जवाफ सरकारसंग मागिरहेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI