स्पेन मा पनि नेपाली युवाद्वारा मूल्यबृदि को बिरोध I
बिजय शर्मा दर्पण
सरकारले हालै पेट्रोलियम पदार्थ मा गरेको मूल्यबृदि फिर्ता लिनु पर्ने भनेर स्पेन मा रहेका नेपाली बिद्यार्थी तथा युवा हरुले बिरोध जनाएका छन् | यस्स्वरूप मंगलबार २४ तारिख का दिन स्पेन को बार्सिलोना मा बसेको नेपाली युवा तथा बिद्यार्थी हरुको भेला ले नेपाल सरकार लाई यथाशिघ्र मूल्यबृदि घटाई नेपाली जनतालाई तत्काल राहत को व्यवस्था मिलाउन आग्रह गरेका छन् | स्पेन मा रहेका नेपाली बिद्यार्थी तथा युवा हरु द्वारा सरकारले पेट्रोलियम पदार्थ मा बढाएको मूल्यवृद्धि, लोडसेडिङ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मजदुरी गरेर जिवन चलाउने सर्वसाधारणदेखि विद्यार्थीहरुको जीवन कष्टकर बन्दै गएको भन्दै यथाशिघ्र माग लाई पुरा गर्न नेपाल सरकार संग प्रकाश पौडेल ले अनुरोध गरेका छन् | त्यस्तै उक्त भेलामा पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता हुनुपर्ने, दण्डहीनताको अन्त्य गरी विधिको शासन व्यवस्था हुनुपर्ने कुरा बिजय शर्मा दर्पण ले बताएका छन् | उक्त भेलामा शिब गिरि,उमेश पुरी ,सजिब थापा,रोसन गिरि,लगाएत ले आफ्नो कुरा राख्नु भएको थियो |
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com