Responsive Ad Slot

latest

एनआरएनए यूएईद्धारा पिकनिक कार्यक्रम (फोटो फिचरसहित) I

Sunday, January 22

/ by Admin BHOLA THAPA
खेमनाथ पौडेल
यूएई । गत शुक्रवार २०, २०१२ का दिन यूईमा कुनै संघ सस्थाका कार्यक्रमहरु थिएनन् । प्राय सबै नेपालीहरु फुर्सदिला थिए । अबुधावी, दुवई, अजमान, सारजाह, अलएन लगायतका करिव ३५० जना नेपालीहरु अलएनको जबेल हफिद पार्कमा भेला भएका थिए, उक्त अवसर एनआरएनए यूएईले पिकनिकको आयोजना गरी जुराएको थियो । दुवई, अबुधावीबाट यात्राको क्रममा नेपालीहरु बसमा एक आपसमा अन्ताक्षरी, दोहोरी, तथा गितहरु गाउँदै रमाईलो गर्दै आएका थिए । उक्त पार्कमा एक किसिमको बेग्लै चहल पहल थियो नेपालीहरुको । विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुको त उपस्थित थियोनै तर पनि नेपाली दूतावासका नियोग उप प्रमुख दिपक अधिकारी, एनआरएन गल्फ सम्योजक नरेन्द्र भाट, लगायत यूएईका विभिन्न संस्थाका प्रमुखहरुको उपस्थितले झनै सोभा बढाएको थियो । विहानको दश बजे देखीनै पार्कमा नेपालीहरुको आगमन शुरु भईसकेको थियो । दिउसको चार बजे सम्म नेपालीहरु आउने कार्य चलिरहेको थियो । एनआरएनका अध्यक्ष चन्द्र रोकायको मोवाईलमा पिकनिक स्थलमा आउने बाटो वताउन निरन्तर फोन बजिरहेको थियो । कार्यक्रमका सम्योजक तथा एनआरएनए यूएइका सदस्य गुञ्जमान गुरुङ्ग प्रत्येकसंग भलाकुसारी गर्दै परिकारको स्वाद सोध्दै थिए भने प्रत्येकबाट वाहा वाहा मासुको स्वाद भन्ने शब्दले गमक्क फुलेका थिए । उनको टोलीको मिहिनतलाई सबैले तारिफ गरेका थिए । भटमास र गुन्द्रुकको अचारले नेपाली स्वदेशी स्वाद भुलाएको थियो । लेखनाथ न्यौपाने तथा उनका अन्य टोलीहरु भने दोहोरी गित र नृत्य गर्नैमा ठिक्क थिए । महिलाहरुको दोहोरी गितको जवाफमा वाह वाह भन्दै तारिफ गर्नेहरु पनि कम थिएनन् । एक अर्कालाई ठेलाम्ठेल गर्दै नृत्य गर्ने पुरुषहरुको भिड थामी नसक्नु थियो । क्यामेरा तथा मोवाईलबाट भिडियो लिनेको लाईन पनि उत्तिकै थियो ।
रमाईलो हुँदै गर्दा एकैक्षण औपचारिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । नेपाली दूतावास यूएईका नियोग उप प्रमुख दिपक अधिकारीको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा गल्फ सम्योजक नरेन्द्र भाट विषेश अतिथि तथा यूएईमा रहेका अन्य संघ सस्थाहरुको प्रमुखहरु अतिथिको रुपमा उपस्थित भएका थिए भने सभापतित्व एनआरएनए यूएईका अध्यक्ष चन्द्र रोकायले गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव सन्तोष प्रसाईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण भुषालले ब्यक्त गरेका थिए ।
उक्त अवसरमा मध्यपुर्वबाट एनआरएन आई सी सीमा प्रतिनिधित्व गर्ने गल्फ सम्योजक नरेन्द्र भाट, उप सम्योजक लोक सुवेदी, सदस्य द्धय छत्र लामा, विमल तामाङ, को ओपरेट सस्य चुडामणी ढकाल, युथ फोरम सदस्य गुणराज आचार्य, तथा मिडिया टाक्सफोर्स सदस्य खेमनाथ पौडेल आदीलाई प्रमुख अतिथि तथा सभापतिद्धारा खादा ओढाई स्वागत तथा आगामी कार्यकाल सफलताकोलागि शुभकामना दिईएको थियो ।

प्रमुख अतिथि, विषेश अतथि तथा अतिथिहरुले नयाँ बर्ष २०१२ को शुभकामना दिनुका साथै एनआरएनको यस्तो खाले कार्यक्रमलाई खुलेर प्रशंसा गरेका थिए । एक आपसमा भेट घाट तथा रमझमको ब्यवस्था मिलाएकोमा सम्योजक गुञ्जमान गुरुङ्ग, एनआरएनए अलएन क्षेत्रिय समिति तथा अन्य सहयोगिहरुलाई अध्यक्ष चन्द्र रोकायले धन्यवाद प्रकट गरेका थिए ।
विस्तारै सुर्य उजाड, निर्जिव पहाड माथिको चुचुरोबाट तल झर्दै थिए, टाढा टाढाबाट आएका नेपालीहरुको पातलिने क्रम जारी हुँदै थियो । चिसो सिरेटोले नेपालको झल्को दिएको थियो, अन्य देशका नागरीकहरु पनि आ, आफ्नो स्थानबाट पातलिदै थिए, । आकाशमा कालो वादल मडारीदै थियो तर उपस्थित भएका नेपालीहरु भने आ आफ्नो स्थान र्फकनैमा व्यस्थ देखिन्थे । र्फकने क्रमको् यात्रा अवधिभर पनि दोहोरी गित गाउदै फर्केका थिएभने अन्ताक्षरी तथा अन्य समसामाहिक विषयवस्तुमा गफिनेहरु पनि कम थिएनन् ।






अनलाईन खबर
Don't Miss
© all rights reserved
made with by netKUTI