Responsive Ad Slot

latest

नेपाल बाट प्राप्त २ः४५ को तजा १५ खबरहरु एउटै थलोमा ।

Friday, January 13

/ by Admin BHOLA THAPA
विद्यालय शिक्षकको जागिरको लागी नभई विद्यार्थिको शिक्षाको लागी हो ः प्रधानमन्त्री

काठमाडौ, २९ पुस गते ।
प्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा लगाइएको करको शैक्षिक संघ संस्थाहरुबाट भएको बिरोधप्रति असन्तुष्टि ब्यक्त गर्नुभएको छ । उहाँले कर प्रणाली स्विकार नगरे विकल्प दिन समेत आग्रह गर्नुभयो ।

उच्च माध्यमिक विद्यालय संघ नेपालको राष्ट्रिय अधिवेशनका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले निजी विद्यालय र सरकारी विचमा ठूलो खाडल भएकाले शिक्षा करबाट सामूदायीक विद्यालयको स्तरवृद्धि गर्ने सरकारी योजना रहेको स्पष्ट पार्नु भयो ।

उहाँले कर प्रणाली मार्फत शिक्षा क्षेत्रलाई ब्यवस्थित गर्ने सरकारको प्रयास निजी क्षेत्रले बुझ्न नचाहेको वा बुझाउन नसकिएको हो भन्ने व्यङ्गात्मक प्रश्न समेत गर्नुभएको थियो ।
वर्तमान शिक्षाले जागिरे मानसिकताको जनशक्ति मात्र जन्माएको भन्दै प्रधानमन्त्रीले विद्यालयले उद्यमी जन्माउन तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । विद्यालय बन्द गरेर शिक्षकहरुले गर्ने आन्दोलनलाई जायज मान्न नसकिने प्रधानमन्त्रीको भनाई थियो । उहाँले विद्यालय शिक्षकहरूको जागिरको सुरक्षाका लागि नभई विद्यार्थीरूको असल शिक्षाका लागि भएको तर्क गर्नुभएको थियो ।

कार्यक्रममा काग्रेस नेता अर्जुननर सिंह केसीले विद्यार्थिहरुलाई राजनितिक दलले नै शान्तिका लागी चेतना अभिवृद्धि गर्ने काम गर्नुपर्ने वताउनुभयो ।

सहकारीबाट प्राप्त रकम ठुला उद्योगमा लगाउ ः प्रधानमन्त्री
काठमाडौं, २९ पुस गते ।
प्रधानमन्त्री बाबुराम भट्टराईले सहकारीवाट प्राप्त हुने रकम ठुला ठुला उद्योग व्यवसायमा लगाउनु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सहकारी संघ नेपालको १९ औ साधरणसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले ठुला उद्योग संचालन भएका आर्थिक वृद्धि हुने वताउनुभयो ।
साथै उहाँले देशको उर्जा संकट नियन्त्रण गर्न सहकारीले उर्जा क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सन् २०१२ लाई संयुक्त राष्ट्रसंघले सहकारी वर्ष मनाउने घोषणा गरेकाले नेपालका सहकारीले पनि थप सहयोग पाउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईले सहकारीको माध्यमवाट देशको कुल ग्राहस्थ उत्पादनमा महत्वपुर्ण टेवा पु¥याउनु पर्नेमा जोड दिनु भयो ।


राजधानीमा विशेष सुरक्षा अभियान सुरु
काठमाडौं, २९ पुस गते ।
राजधानीमा आजदेखि विशेष सुरक्षा अभियान सुरु गरीएको छ । महानगरीय प्रहरी परिसरले आज देखि सुरु गरेको अभियान आगामी १३ गते सम्म चल्ले छ । १५ दिन सम्म चल्ने शुरक्षा अभियानमा काठमाडौ उपत्यकामा ६ हजार २५ जना प्रहरी परिचलन हुने महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
अपराधीक गतिविधी बढ्न थालेपछि महानगरीय प्रहरी आयुक्त कार्यालयले सुरक्षा अभियान शुरु गरेको हो । अभियान भरी प्रहरीलाई बिशेष सर्तक अवस्थामा राखिने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता रविराज श्रेष्ठले जानकारी दिनुभयो ।
..............


देबघाटमा माघे सक्रान्ति मेला ब्यवस्थित बनाईने ।।
चितबन, २९ पुस
नवलपरासी चितवन र तनहुँको सगंमस्थल देबघाटमा माघे संक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । मेलालाई थप ब्यवस्थित बनाउन गठन गरिएका १२ वटा उपसमितिले सक्रियता पुर्बक काम गरिरहेका छन् । अघिल्ला बर्षहरुमा देखिएका समस्या यो बर्ष आउन नदिनका लागि पुर्ब तयारी थालिएको देबघाट क्षेत्रबिकास समितिका अध्यक्ष शिबलाल भण्डारीले जानकारी दिनुभयो ।
मेला ब्यबस्थापनका लागि गठन गरिएका उपसमितिहरुले केहि दिन अघिदेखिनै काम थालेका हुन । माघे सक्रान्ति मेलाका अवसरमा देबघाटमा हजारौ श्रद्धालु भर्तजनहरुको घुईचो लाग्ने गर्दछ । धार्मिक मेलालाई शान्त बातावरणमा सम्पन्न गर्नका लागि प्रशाशनले पनि सुरक्षालाई चुस्त पार्ने तयारी गरेको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष तीर्थस्थलमा मदिराजन्य पदार्थहरु बिक्रि बितरणमा रोक लगाइएको छ । मेलामा सामान्य स्वास्थ समस्याका लागि प्राथमिक उपचारको पनि ब्यवस्था गरिएको देबघाट क्षेत्रबिकास समितिले जनाएको छ ।


अनुमति पत्रका लागि आवेदन आव्हान
काठमाडौं, २९ पुस ।
शिक्षा सेवा आयोगले माध्यमिक तहका लागि अस्थायी अध्यापन अनुमति पत्रको लागि नयाँ आवेदन खुल्ला गरेको छ । आयोगले आजदेखी ३० दिने अवेदन खोलेको हो ।
शिक्षा ऐन अनुसार शिक्षकले अध्यापन गर्दा अनुमति पत्र लिनु पर्ने भएपछि आयोगले आवदेन खुल्ला गरेको हो ।
कुनैपनि विषय र समुहवाट स्नातकोत्तर गरेकाले अनुमति पत्रको लागि आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
यसअघि शिक्षा संकाय अध्यायन गरेकाले मात्र अनुमति लिन पाउने व्यवस्था थियो । आवेदन देशका पाँचवटा क्षेत्रिय शिक्षा निर्देशनालयवाट दिन सकिने छ ।
अनुमति पत्रका लागि आगामी चैत्र २५ गते सम्बन्धित क्षेत्रिय निर्देशनालयमा परिक्षा हुने आयोगले जनाएको छ ।

एक जनाको ज्यान गयो
काठमाडौ २९ पौष
ललितपुरमा आज विहान भएको मोटर साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
एकान्त कुनामा रहेको यातायात कार्यालय अगाडि सडकमा पल्टीदा खोटाङ घर भइ सातदोबाटोमा बस्दै आएका बलराम राईको ज्यान गएको हो ।
गम्भीर घाइते राईको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बिद्युत सुचारु नगरे आन्दोलन थाल्ने चेतावनी ।।
२९ पुस नवलपरासी
नवलपरासीको गैडाकोटका उद्योगि ब्यबसायीहरुको तत्काल बिद्युत सुचारु नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन् । बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत आपुर्ति कटौति गरेपछि गैंडाकोटका उद्योगि व्यवसायिहरुले चर्को बिरोध गरेका छन् । प्राधिकरणले अहिले गैंडाकोटमा सर्वसाधारणहरुका लागि मात्रै बिद्युत आपुर्ति गरिएको छ भने उद्योग धन्दाहरुमा जोडिएको बिद्युत केहि दिनदेखि कटौति गरेको छ । गैडाकोटमा आज भएको उद्योगि व्यवसायिहरुको भेलामा गैंडाकोटका लागि नवलपरासीवाटै बिद्युत सूचारु गराउनु पर्ने माग गरिएको छ । क्षेत्रिय बिद्युत प्राधिकरण कार्यालय बुटवल र बिद्युत प्राधिकरण कावासोतिले भने हेटौंमा रहेको जगेडा टान्सर्फमर ल्याई एक साता सम्ममा आपुर्ति सूचारु गर्ने जनाएको छ । तर उद्योगिहरुले प्राधिकरणले बिद्युत लाईन काटेर उद्योगहरुलाई धरापमा पार्ने काम गरेको आरेप लगाएका छन् । केहि समय अघि भतरपुर स्थित बसेनिमा रहेको पावर हाउसमा रहेका २ वटा टान्सफर्मर बिग्रिए पछि बिद्युत आपुर्तिमा समस्या आएको थियो ।


बिदेशका खबर
म्यानमारका अन्य बन्दिहरुलाई रिहा गर्न सुरु
एजेन्सी, २८ पुस ।
म्यानमारको सरकारले कैदमा रहेका अन्य बन्दिहरुलाई छुटाउन सुरु गरेको छ । रिहा हुनेहरुमा सरकारको विरुद्धमा आन्दोलन गर्ने प्रमुख व्यक्तिहरु समेत सामेल रहेको वविीसीले उल्ल्ेख गरेको छ ।म्यानमारको सरकारले यसभन्दा अघि पनि ६ सय ५१ जना बन्दिहरुको रिहाइको घोषणा गरीसकेको छ ।
रिहा हुने प्रमुख व्यक्तिहरु पूर्व प्रधानमन्त्री खिन न्यून तथा १९८८ मा छात्र आन्दोलनगर्ने प्रदर्शनकारीहरु समेत हुनसक्ने समाचारमा उल्लेख छ ।
प्रजातन्त्रवादी नेतृ आँङ सान सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले यो कदम सकारात्मक भएको प्रतिक्रिया दिएको छ । लामो समय सम्म नजरबन्दमा रहेकी सूची नोवेल शान्ति पुरस्कारद्वारा सम्मानीत भइसकेकी छिन् ।

जापानका सबै मन्त्रीमण्डलका सदस्यद्वारा राजीनामा
एन्जेसी, २८ पुष ।
जापानमा सरकारमा सहभागी सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले आफुहरुले राजिनामा दिएपछि प्रधानमन्त्री योशिहिको नोडालाई नयाँ मन्त्रीमण्डल गठन गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।
तर प्रधानमन्त्रीले भने रक्षामन्त्री तथा उपभोक्ता सरोकार सम्वन्धि मन्त्रीलाई मात्रै हटाउने संकेत गरेका छन् । आर्थिक संकटलाई समाधान गर्नको लागि करमा बृद्धि गर्नुपर्ने भएकाले विपक्षी दलको मद्दतको अपेक्षा गरेको प्रधानमन्त्रील जनाएका छन् ।।
जापानमा गत वर्ष गएको विनाशकारी भुकम्पले ठूलो क्षति पु¥याएको थियो । आपतकालीन स्थितिलाई समाधान गर्न नसकेको भन्दै त्तकालिन प्रधानमन्त्री नाउतोकानले पदबाट राजीनामा दिएपछि अर्थमन्त्री रहेका नोडा नयाँ प्रधानमन्त्री भएका हुन् ।

शवमाथी पिसाव गर्ने सेनाको पहिचान
एजेन्सी, २९ पुस ।
तालीवानी लडाकुको शवमा पिसाव गर्ने दुई जना अमेरिकी सेनाको पहिचान भएको छ । मरिन कोप्र्सका अधिकारीले ती सेनाको पहिचान भएको पुष्टी गरेको हो । केही दिन पहिला तीन जना अमेरिकी सेनाले तालीवानी लडाकुको शवमा पिसाव गरेको भिडीयो सार्वजनिक भएको थियो । अमेरिकी सेनाको सो व्यवहार प्रति निकै आलोचना भएपछि मरिन कोप्र्सले छानविन शुरु गरेको थियो । तर अमेरिकी सेनाको मरिन विभागले अहिले ती सेनाको नाम भने नखुलाएको अमेरिकी समाचार संसथा सिएनएनले उल्लेख गरेको छ ।
सामाजीक सञ्चाल तथा गुगललाई भारतमा सर्वोच्चको चेतावनी
एजेन्सी, २९ पुष
भारतमा सर्वोच्च अदालतले समाजीक सञ्जाल फेसबुक इन्डिया र सर्च इन्जीन गूगल इन्डियालाई बन्द गराउन सक्ने चेतावनी दिएको छ ।
ति दुवै वेबसाइट्मा आपत्तिजनक सामग्रिहरुमा नियन्त्रण तथा अहिले भएका त्यस्ता सामाग्रीलाई नहटाए चीनले जस्तै भारतमा पनि पनि प्रतिवन्ध लगाउन सक्ने तर्फ अदालतले ध्यान आकर्षण गराएको हो ।
यस्ता क्रियाकलाप बृद्धि भएमा चीनले जस्तै ति वेभसाइटहरु ब्लक गर्ने एक अधिवक्ताले बताएका छन् । फेसबुक तथा गूगल इन्डियाको पक्षवाट पेश भएका वकीलहरुले भने कुनैपनि किसीमको आपत्तिजनक सामग्रिहरु नियन्त्रण गर्न र हटाउन बाध्य हुने किसीमको नियमको व्यवस्थ गर्न माग गरेका छन् ।

खेल खबर

राष्ट्रिय लिग
रुपन्देही, २९ पुस ।
रुपन्देहीको वुटवलमा जारी राष्ट्रिय लिग फुटवल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा रानिपोखरी कर्नर टिम आरसिटि विजयी भएको छ । आरसिटिले थ्रि स्टार क्लवलाई १ सुन्य गोल अन्तरले पाखा लगाएको हो । बुटवलको एन्फा टेक्निकल सेन्टरमा अहिले न्युरोड टिम एनआरीटी र जावलाखेल युथ क्लव विच खेल भईरहेको छ । जारि खेलमा अहिले सम्म कुनै टिमले गोल गरेका छ्रैनन् ।



Don't Miss
© all rights reserved
made with by netKUTI