काठमाडौ पुस ३० गते ।
माओबादीको केन्द्रि समिति बैठक स्थगित भएको छ । चिनका प्रधानमन्त्री बेन जिआ बाओ आउने भएकाले बैठक भोली बिहान ११ बजे सम्मकालागि थगित भएको माओबादीले जनाएको छ ।
बैठक स्थगित भएपनि विबाद अन्तयका विषयमा भने आजपनि आन्तरिक छलफल जारी रहने भएको छ । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य पछि कुरा नमिल्दा स्थगित भएको केन्द्रिय समिति बैठक संचालनकालागि आन्तरिक छलफल हुन लागको हो ।
छलफललाई निरन्तरता दिदै अध्यक्ष प्रचण्डले उपाध्यक्ष बैद्यसँग छलफल गर्न लाग्नु भएको स्रोतले जनाएको छ । पार्टीको बिबाद अन्त्य गर्न अध्यक्ष प्रचण्ड सरकार पुर्नगठन गर्नुपर्ने मनस्थीतिमा पुग्नु भएको छ । अध्यक्षले बैद्य पक्षलाई राम्रा मन्त्रालय दिएर भएपनि पार्टिलाई एक बनाई राख्ने योजना बनाउनु भएको छ ।
तर सरकार गठन भएदेखीनै असन्तुष्ट रहेको बैद्य पक्ष बर्तमान सरकारमा नजाने प्रष्ट पार्दैै प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने सर्त नै सहमतिको मुख्य एजेण्डा बनाएर अघि बढेको छ । जसले गर्दा माओबादीको बिबाद समाधान भयो भनेर केहीदिन पहिला गरिएको प्रचार असत्य समेत हुन पुगेको छ । प्रचण्ड पक्ष शान्ती र संविधानकालागि बर्तमान सरकार ठिक छ भन्ने , बैद्य पक्ष यो सरकारले राजिनामा नदिदा सम्म सहमति हुदैन भन्ने अडानबाट दुबै पक्ष पछि नहटेपछि शान्ति प्रक्रिया र संविधान लेखन प्रंक्रियामापनि प्रत्यक्ष असर परेको छ ।
।